राजविराज मा एक गर्भवती महिलाको हत्या

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
३५ पटक हेरिएको
Shares
राजविराज मा एक गर्भवती महिलाको हत्या

सारांश

  • राजविराज , १ असार।
  • राजविराज नगरपालिका–१५ मुसहर्नियाका १७ वर्षीया वेचनकुमारी साह को हत्या गरी ट्वाइलेटको रिङमा हालेको अवस्थामा शुक्रवार शव भेटीएकाे छ ।
  • ४ महिने गर्भवती रहेकी बेचनकुमारीको शव कुहिएर दुर्गन्ध फैलिएपछि घटना बारे खुलासा भएको हाे।

राजविराज , १ असार। राजविराज नगरपालिका–१५ मुसहर्नियाका १७ वर्षीया वेचनकुमारी साह को हत्या गरी ट्वाइलेटको रिङमा हालेको अवस्थामा शुक्रवार शव भेटीएकाे छ ।

४ महिने गर्भवती रहेकी बेचनकुमारीको शव कुहिएर दुर्गन्ध फैलिएपछि घटना बारे खुलासा भएको हाे। ५/६ दिनअघि नै उनको हत्या भएको अनुमान छ। स्थानीयले दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा ट्वाइलेटको रिङमा बेचनीकुमारीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाएको छ।

यता मृतकका पति ३५ वर्षीय सुजकुमार साह डेढ वर्षीया छोरी प्रतिमालाई लिएर बेपत्ता रहेकोले पतिले नै हत्या गरेको माइती पक्षको आरोप छ।

सप्तरीका डिएसपी भावेश रिमालले पति शुक्रबारदेखि नै बच्चासहित गाउँमा नदेखिएकोले हत्या गरी फरार भएको हुनसक्ने बताए।  घटनाबारे थप अनुसन्धान भइसकेको डिएसपी रिमालले बताए।

यसअघि मंगलबार राति राजविराज नगरपालिका–९ मलेठमा ससुरा रामदयाल साहले कुटपिट गरी राजविराज–५ का दिपेन्द्र मण्डलको हत्या गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?