हुस्सुले आन्तरिक उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
१६ पटक हेरिएको
Shares
हुस्सुले आन्तरिक उडान प्रभावित

सारांश

  • काठमाडौँ,  तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ ।
  • हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।
  • लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हुँदै आएको छ ।

काठमाडौँ,  तराई क्षेत्रमा निरन्तर लागेको बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने विभिन्न गन्तव्यका कतिपय आन्तरिक उडान प्रभावित भएको छ ।

हुस्सुका कारण केही दिनयता भद्रपुर, विराटनगर, जनकपुरलगायत गन्तव्यको उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

लामो समयदेखि हुस्सु लागेका कारण सिमरा, भैरहवा र धनगढीको उडानमा समेत पटक–पटक अवरोध हुँदै आएको छ ।

मुख्य गन्तव्यमा नियमित उडान नहुँदा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् । निर्माणाधीन नारायणघाट–मुग्लिन सडकका कारण यात्रुलाई कठिनाइ भएपछि आफ्नो गन्तव्यमा पुग्न यात्रुलाई केही सातादेखि विमानस्थलमा उडान नहुँदा झनै सास्ती भएको छ ।

विमान नउड्ने भएपछि यात्रुहरु लामो र जोखिमपूर्ण यात्रा भए पनि सडक मार्ग हँुदै राजधानी काठमाडौँ आवतजावत गर्ने गरेका छन् ।

विमानस्थलबाट आन्तरिकतर्फ दैनिक करिब पाँच हजार यात्रु आवतजावत गर्ने गरेका छन् । आन्तरिकतर्फ हेलिकप्टरसहित (नेपाल वायुसेवा निगम, बुद्ध, यतिलगायत) १८ वटा वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलले जनाएको छ । हाल ३० वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
प्रधानमन्त्री ओलीले सिके राउतलाई प्रचण्डसँग दाँजेपछि……
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
डिप्रोक्स लघुवित्तको १८औ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट
खटिए मतदानस्थलमा कर्मचारी
खटिए मतदानस्थलमा कर्मचारी
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
राजपा सांसद साहले गरे विमानस्थलमा तोडफोड
डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ जना घाइते
डोटीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ जना घाइते
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
डेङ्गु रोकथामका लागि प्रत्येक वडामा प्रतिकात्मक कार्य शुरु…..
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ
नेपालमा लिइने IELTS को प्रश्नपत्र आउट: बिक्री गर्ने पक्राउ
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी

तपाईंले छुटाउनुभयो कि?