बुद्ध र सगरमाथाको विषयमा प्रधानमन्त्री ओलीले भारतप्रति यसरी पोखे असन्तुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २४, २०७७
|
|
५४ पटक हेरिएको
Shares
बुद्ध र सगरमाथाको विषयमा प्रधानमन्त्री ओलीले भारतप्रति यसरी पोखे असन्तुष्टि

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको मङ्गलबार दुईवटा छुट्टाछुट्टै अभिव्यक्ति आयो ।
  • एउटा सगरमाथाको उचाई बढेको खुशियालीमा र अर्को उदघाटन कार्यक्रममा ।

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मङ्गलबार दुईवटा छुट्टाछुट्टै अभिव्यक्ति आयो । एउटा सगरमाथाको उचाई बढेको खुशियालीमा र अर्को उदघाटन कार्यक्रममा । ती दुवैमा बोल्दा उनले भारतको नाम नलिई असन्तुष्टि पोखे ।

सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेकोमा खुशी व्यक्त गर्दै विगतको मापनप्रति आशंका व्यक्त गरे । उनले भने, ‘सगरमाथाको नयाँ उचाईको तथ्यांक उचाई बढेर हुनसक्छ वा विगतको उचाईको मापन उपयुक्त संयन्त्र, विधि र मूल्यांकन समुचित ढंगले हुन नसकेर हुनसक्छ ।’ स्मरणीय रहोस् विगतमा सगरमाथाको उचाई भारतीय पक्षले गरेको थियो । ८८४८ मिटर अग्लो भनिएको उक्त उचाई सर्वे अफ इन्डियाले सन् १९५४ मा गरेको थियो । प्रधानमन्त्री ओलीले विगतको मापनको विश्वसनीयतामा आशंका गरे ।

यसपटक चीनसँग मिलेर नेपालले संयुक्त रुपमा मापन गरेको थियो । घोषणा पनि संयुक्त रुपमा गर्यो । घोषणा गर्दा चीनका विदेशमन्त्री वाङ यीले वटन दबाएका थिए । भर्चुअल माध्यममा भएको घोषणामा परराष्ट्रमन्त्रीसहितको नेपाली टोलीले भने थपडी मात्र बजायो । प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिंदा बढी विश्वसनीय, भरपर्दो होस् भनेर नेपाल र चीनले संयुक्त रुपमा मापन गरेको बताए ।यसैगरी, प्रधानमन्त्री ओलीले किर्तिपुरको सुन्दरीघाट चोभारस्थित शान्ति सुद्धम्मावासा जेष्ठ नागरिक आवास गृहको शिलान्यासमा पनि भारतप्रति असन्तुष्टि पोखे । उनले बुद्ध नेपालमा जन्मिएको विषयलाई भारतले पाठ्यक्रममा नसच्याएको भन्दै तत्काल सच्याउन भने । ‘अमेरिकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मिएको उल्लेख गरिसकेको छ, अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मिएको हो भन्ने विषय तत्काल सच्याउनुपर्छ ।’ भारतको पाठ्यक्रममा अझैपनि ‘बुद्ध भारतमा जन्मिएको’ उल्लेख गरिएको विषय बेला बेलामा आउने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवा कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लागेन
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
नीति, सिद्धान्त र विचारमा मेल नभै राजपासँग पार्टी एकता हुन सक्दैन : फोरम सहअध्यक्ष श्रेष्ठ
के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित
के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
प्रधानमन्त्री ओलीको एउटा निर्णयले जोगियो सरकार
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन बारको माग
Avast Driver Program updater Review
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?
संसदीय समितिमा नबस्ने शेखर कोइरालाको घोषणा, आखिर किन ?