निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
५३ पटक हेरिएको
Shares
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित

सारांश

  • काठमाडौं, २१ भदौ ।
  •  अन्ततः अहिलेसम्म आइपुग्दा प्रहरीको ध्यान फेरि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टतिर नै मोडिन थालेको छ ।
  • बम दिदीबहिनी, एसपीका छोरा र मेयरका भतिजमाथि शंका गर्ने आधार नभेटिएको भन्दै प्रहरीको नजर दिलिपसिंहतिर सोझिएको हो ।

काठमाडौं, २१ भदौ । अन्ततः अहिलेसम्म आइपुग्दा प्रहरीको ध्यान फेरि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टतिर नै मोडिन थालेको छ । बम दिदीबहिनी, एसपीका छोरा र मेयरका भतिजमाथि शंका गर्ने आधार नभेटिएको भन्दै प्रहरीको नजर दिलिपसिंहतिर सोझिएको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान थालेको २६ औं दिनमा भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, स्थानीयले विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको र घटनामा उनको संलग्नता नभएको आरोप लगाउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजना बालकको मृत्युसमेत भयो ।

सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गर्‍याे । अहिले सो उच्चस्तरीय समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ सुरुमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी नेतृत्वको टोलीले समेत प्राविधिक सहयोग गरेको थियो । स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर खटिएको छ ।

एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डीएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान गरिरहेको छ ।सूत्रहरुका अनुसार प्रहरीको नयाँ अनुसन्धान टोलीले गरेको अनुसन्धानको प्रमाणले पनि मानसिक सन्तुलन गुमेका भनिएका दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको छ ।

त्यसैले यो घटनामा निर्मलाका हत्यारा अरु नयाँ व्यक्ति फेला नपर्ने र घुमीफिरी रुम्जाटार भनेजस्तो पुरानै व्यक्ति दोषी ठहरिन सक्ने प्रहरी अनुमान छ ।प्रहरीबाट यसअघि सार्वजनिक गरिएका र उपचारका लागि काठमाडौं ल्याइएका दिलिपसिंह विष्टको डीएनए परीक्षण गर्ने र त्यसको रिपोर्ट आएपछि सत्य कुरा छर्लङ्ग हुने प्रहरी अधिकारीहरुले विश्वास गरेका छन् । मानसिक सन्तुलन गुमाएको व्यक्तिसमेत बलात्कार र हत्याको घटनामा संलग्न हुन सक्छ भन्ने प्रहरी अधिकारीहरुको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपालको संविधान विश्वकै उत्कृष्ट भन्नेले सङ्घीयतालाई असफल पार्न खोजिरहेका छन्ः मुख्यमन्त्री राउत
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
प्रधानमन्त्रीलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले के निर्देशन दिइन ?
प्रधानमन्त्रीलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले के निर्देशन दिइन ?
पीङ खेल्ने क्रममा झगडा हुँदा कुटपिट गरी हत्या
पीङ खेल्ने क्रममा झगडा हुँदा कुटपिट गरी हत्या
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
ओली(दाहाललाई देउवाको जवाफ स् तपाइहरु मिल्दै नमिले सभामुख हामी चयन गर्छौं
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस
निर्वाचन दिवस मनाइयो
निर्वाचन दिवस मनाइयो
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !