प्रहरीको हत्याका आरोपी महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रहरीको हत्याका आरोपी महिला पक्राउ

सारांश

  • मलेखु (धादिङ), १६ साउन ।
  • उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो ।

मलेखु (धादिङ), १६ साउन । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर्गत सामाजिक परिचालक पदमा कार्यरत गुरुङले श्रीमती थापामगरको सहयोगमा घरमा बोलाएर प्रहरीको हत्या गरेको प्रहरीले आरोप लगाएको छ ।

बिहीबार प्रहरी चौकीमा नै रहेका मृतक वीरबहादुरको लास शुक्रबार बिहान प्रहरी चौकी नजिकै मकैबारीमा फालिएको अवस्थामा भेटिएको थियो । व्यक्तिगत मोबाइलको कल डिटेलका लागि अदालतसँग स्वीकृति लिनुपर्ने भएकाले अनुसन्धानका लागि केही समय लागेको भए पनि घटनाको अनुसन्धान भइरहेको र छिट्टै अपराधी पत्ता लाग्ने प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो ।

गोरखा जिल्ला निवासी प्रहरी सहायक निरीक्षक गुरुङ गत चैतदेखि दार्खामा कार्यरत थिए । प्रहरी चौकीका प्रमुख बिदामा गएकाले घटना भएको दिनमा गुरुङ नै प्रहरी चौकीका इञ्चार्जका रुपमा रहेका थिए । हिउँदमा यातायात साधन चल्ने भए पनि बर्खामा हिँडेर पुग्नुपर्ने दार्खा प्रहरी चौकी सदररमुकाम धादिङबेसीबाट ४० किलोमिटर उत्तरमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि
दिल्ली विधानसभामा दुई तिहाइ सिटमा आम आदमी पार्टी अगाडि
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार
बलिउड अभिनेता अभिषेक बच्चन बने ट्रोलकाे शिकार
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
गणेश लामा जेल चलान
गणेश लामा जेल चलान
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
नेपालको शान्तिप्रक्रिया द्वन्द्वग्रस्त मुलुकका लागि अनुकरणीय हुनसक्छ : प्रधानमन्त्री ओली
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?

तपाईंले छुटाउनुभयो कि?