बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

सारांश

  • म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ ।
  • बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।
  • उहाँका अनुसार शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको हो ।

म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ । बिहीबार लोकदीप बचत तथा ऋण सहकारी संस्थामा ग्राहकमार्फत शंकास्पद नोट भेटिएपछि परीक्षणका क्रममा नक्कली रहेको पाइएको सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार शंका लागेपछि नेपाल बैंकको नोट परीक्षण गर्ने मेसिनबाट परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको हो । उक्त नक्कली नोटको संकेत नम्बर (च२५) ४३६१३३ रहेको छ । केही महिनाअगाडि रु ५०० को नोट भेटिए पनि एक हजारको नक्कली नोट पहिलोपटक बजारमा भेटिएकाले नक्कली नोटको गिरोह जिल्लाभित्र नै हुनसक्ने अनुमान गरिएको छ । विगतमा बेनी अस्पतालमा समेत रु ५०० को नक्कली नोट भेटिएपछि अनुसन्धान गरिएको थियो ।

गत स्थानीय तहको निर्वाचन आसपासको समयमा समेत नक्कली नोट भेटिएका थिए । निर्वाचनको प्रयोजनका लागिसमेत नोटको प्रयोग भएको हुनसक्ने सम्भावना देखिएको छ ।

भीडभाडमा यस्ता नोटहरुको कारोबार हुनसक्ने भन्दै प्रहरीले जानकारी गराउनसमेत अनुरोध गरेको छ । बेनीबजारसँगै ग्रामीण क्षेत्रसम्म नक्कली नोटको प्रयोग हुनसक्ने भन्दै नोट खरिद–बिक्री गर्दा सक्कली र नक्कली नोटको पहिचान गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?