शालिकराम पुडासैनी प्रकरणले यी बृद्धले ज्यान गुमाए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
शालिकराम पुडासैनी प्रकरणले यी बृद्धले ज्यान गुमाए

सारांश

  • शालिकराम पुडासैनी आत्महत्या प्रकरणले राजधानीको टोखामा एकजना वृद्धले ‘हृदयघात’बाट ज्यान गुमाउन परेको छ ।
  • चितवनको कंगारु होटलमा मृत भेटिएका माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएको घरमा बस्दै आएका तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।
  • लगातार खानतलासीका लागि प्रहरी आउन थालेपछि छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका ९० वर्षीय देबकोटालाई हृदयघात भएको परिवारजनले बताएका छन् ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणले राजधानीको टोखामा एकजना वृद्धले ‘हृदयघात’बाट ज्यान गुमाउन परेको छ । चितवनको कंगारु होटलमा मृत भेटिएका माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले प्रेमिकासँग भेट्न छुट्टै कोठा भाडामा लिएको घरमा बस्दै आएका तारानाथ देबकोटाको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो ।

लगातार खानतलासीका लागि प्रहरी आउन थालेपछि छोरी गोमा न्यौपानेको घरमा बस्दै आएका ९० वर्षीय देबकोटालाई हृदयघात भएको परिवारजनले बताएका छन् । सोमबार साँझ हृदयघात भएलगत्तै उनको मृत्यु भएको थियो । ९० वर्षको उमेरमा पनि स्वस्थ रहेका देबकोटा तारन्तार खानतलासीका लागि प्रहरी घरमा आउन थालेयता तनाबमा परेका पारिवारिक श्रोतले बताएको छ ।

पुडासैनीले उक्त घरमा प्रेमिकालाई भेट्न कोठा बहालमा लिएका थिए । घरधनीका अनुसार प्राय जसो शनिबारका दिन प्रेमिका लिएर पुडासैनी उक्त कोठामा पुग्ने गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?