एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२० पटक हेरिएको
Shares
एकतामा अविश्वास गर्दै गैह्रेले भने–यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ

सारांश

  • वैशाख ६, काठमाण्डौ ।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता ठाकुर गैह्रेले पार्टीको एकता प्रक्रिया टुङ्गिएको निर्णय पर्खेर बसेको बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गैह्रेले यही ९ गते एकता पक्रिया टुङ्ग्याउने चर्चा भए पनि विश्वास गर्ने आधार नभएको बताए ।

वैशाख ६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता ठाकुर गैह्रेले पार्टीको एकता प्रक्रिया टुङ्गिएको निर्णय पर्खेर बसेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै गैह्रेले यही ९ गते एकता पक्रिया टुङ्ग्याउने चर्चा भए पनि विश्वास गर्ने आधार नभएको बताए ।

“यस्ता धेरैवटा ९ गते गुमाइसकेका छौँ । अहिले कतिको वास्तविक हो भन्नेमा पर्खेर बसेका छौँ ।” गैह्रेले भने ।

पार्टी एकीकरणको बसै निर्णय विधि, मापदण्ड, प्रक्रिया र संस्थागत सामुहिक निर्णयका आधारमा हुनुपर्नेमा उनले जोड दिए । सबै नेता कार्यकर्ताले स्वीकार गर्नसक्ने गरी निर्णय गर्न पनि उनले सुझाब दिए ।

नेताहरुबीचमा भागबण्डा नमिलेको भन्दै उनले तत्काल सहमति हुने सम्भावना कम रहेको पनि बताए । विगतमा पनि धेरै पटक सहमति भइसकेको हल्ला चलाइए पनि निर्णय हुन नसकेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?