बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
५७ पटक हेरिएको
Shares
बेपत्ता भएकी श्रीमती अर्कैसँग होटलमा रंगेहात भेटीएपछि…

सारांश

  • लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे ।
  • होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ गरेका हुन् ।
  • बबिता बस्नेत चौहान घरबाट काम बिशेषले बाहिर गएकी थिइन् तर बेलुका सम्म नफर्केपछि बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी बस्नेतका श्रीमान मेघराज चौहानले निवेदन दिएका थिए ।

लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला सहित २ जना पक्राउ परे । होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ गरेका हुन् ।

बबिता बस्नेत चौहान घरबाट काम बिशेषले बाहिर गएकी थिइन् तर बेलुका सम्म नफर्केपछि बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी बस्नेतका श्रीमान मेघराज चौहानले निवेदन दिएका थिए । श्रीमान चौहानले दिएको निवेदनमा बेपता भएकि श्रीमतीको नम्बरबाट बेलुका अपहरितकि दाई कुलमणी बस्नेतलाई फोन आयो ।

श्रीमतीको मोबाइल नम्बर #बाट अपरिचित पुरुष मानिसले फोन सम्पर्क गरी तेरो बहिनी मेरो कब्जामा छ सकुशल चाहन्छस भने दश लाख तयारी गरी राख, प्रहरीलाई खवर गरेमा तेरो छोरा छोरी काठमाडौ के कुन ठाउमा बस्छन् तथा के कुन स्कुलमा पढ्छन मलाई सबै थाहा छ भनी फोनबाट धम्की दिईयो । अपरिचित व्यक्तिले श्रीमतीलाई अपहरण गरेको हुनसक्ने आशंकामा खोजतलासका लागि चौहानले झापा प्रहरीलाई निवेदन दिएका थिए । फेरी मेघराज चौहान र कुलमणी बस्नेतलाई बबिता बस्नेत चौहानको मोबाईल र फेसबुक मेसेन्जर समेतबाट ज्यान मार्ने सम्मको डर धाक धम्कीपुर्ण भाषामा पूनः फिरौती रकम रू. ३० लाख माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा बबिता बस्नेत चौहानले नाटक गरेको पत्ता लाग्यो । बबिता र बिष्णु गौतमको योजना र मिलेमतोमा बबिता बस्नेत चौहानले आफु अपहरणमा परेको भनी आफ्नै श्रीमान तथा दाजु समेतलाई डर धाक धम्की दिई फोन तथा सामाजिक सञ्जाल फेसबुक मार्फत पटकपटक फिरौती रकम मागेको खुलाशा भएको छ । प्रहरीले बबितालाई सर्लाहीको यूनाईटेड होटलमा नक्कली अपहरणकारी सँगै बसेको अवस्थामा फेला पारेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट
सावधान ! फेसबुके साथीको भर हुँदैन : यसरी ठगिन्छन् फेसबुकबाट
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
किशोरीको बलात्कार प्रयासगर्ने इन्जिनियर पक्राउ
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
एमालेले खोटाङका १० वटै स्थानीय तहमा उम्मेदवार टुंग्यायाे
राष्ट्रिय सभा सदस्यको शपथ आज
राष्ट्रिय सभा सदस्यको शपथ आज
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
मार्चपछि अस्ट्रेलियामा पहिलो विदेशी विद्यार्थी पुगे
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
तीन खानसँग डेब्यू गर्दैमा भाग्य चम्किदैन,अनुष्का
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
जनार्दन शर्माले पहिलो पटक आफैंलाई भोट हाले
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !
फेसबुकमा ‘समाप्त’ लेखेर मध्यरातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या !