बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
१५ पटक हेरिएको
Shares
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन

सारांश

  • मुग्लिन, १२ चैत  चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन ।
  • चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो ।
  • गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् ।

मुग्लिन, १२ चैत  चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् ।

वडा वडामा फाराम र चिठी पुगे पनि विधि र प्रक्रियाबारे परामर्श दिने कर्मचारी नै नहुँदा वडाबाट बेरोजगारीको तथ्याङ्क सङ्कलन शुरु हुन नसकेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताउनुभयो । “वडामा फाराम र चिठी पुगेको छ तर यसको विधि र प्रक्रियाबारे हामी जानकार छैनौँ, म पटकपटक कार्यालयमा जाँदा सम्बन्धित कर्मचारी भेटिएको छैन”, उहाँले भन्नुभयो ।

दैनिक दर्जनभन्दा बढी बेरोजगार गाउँपालिकामा फाराम भर्न आउने गरे पनि रोजगार संयोजक नहुँदा उनीहरु त्यतिकै फर्कने गरेको गाउँपालिकाका अन्य कर्मचारीले बताए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले संयोजक खरेललाई तत्काल उपस्थित हुन निर्देशन दिइने बताउनुभयो । फोनसम्पर्क गर्दा संयोजक खरेलले दुई दिनपछि आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?