बिगमार्ट सपिङ मार्टमा असिनाको भार धान्न नसकी छत नै खस्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
बिगमार्ट सपिङ मार्टमा असिनाको भार धान्न नसकी छत नै खस्यो

सारांश

  • काठमाडौं, १५ बैशाख ।
  • शुक्रवार साँझ एक्कासी परेको असिनाको कारण काठमाडौंको हात्तिगौडामा मानिसहरुको भागभाग नै भयो ।
  • मोटरसाइकल कुदाइरहेकाहरु एकाएक छोडेर ओत खोज्दै दौडिए भने सार्वजनिक सवारीमा यात्रारत यात्रुहरु ओर्लिएर नजिकैको घरतर्फ दौडिए ।

काठमाडौं, १५ बैशाख । शुक्रवार साँझ एक्कासी परेको असिनाको कारण काठमाडौंको हात्तिगौडामा मानिसहरुको भागभाग नै भयो । मोटरसाइकल कुदाइरहेकाहरु एकाएक छोडेर ओत खोज्दै दौडिए भने सार्वजनिक सवारीमा यात्रारत यात्रुहरु ओर्लिएर नजिकैको घरतर्फ दौडिए ।

५ः३० बजेदेखि ६ः०० बजेको समयमा परेको ठूलो असिनाको कारण मानिसहरुको भागदौड मात्रै मच्चिएन केही सर्वसधारण समेत घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीले दुई फिटसम्म बाक्लो असिना परेको बताए ।

जल तथा मौषम पुर्वानुमान महाशाखाले बाल्टीले घोप्टयाए झै गरी असिना परेको जनाएको छ । बुढानिलकण्ठदेखि पूर्व तथा पश्चिमफर्त टोखासम्म असिनाले बितण्डा नै मच्चाएको स्थानीय प्रत्यक्षदर्शीले बताए । एक ६५ वर्षिय बृद्धले भने, ‘मेरो जीवनकालमा यस्तो असिना परेको देखेको थिइन ।’

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका अनुसार असिनाका कारण महाराजगन्ज बुढानिलकण्ठ सडक खण्ड करिद दुई घण्टा अस्तव्यस्त बन्यो भने प्रहरी नै परिचालन गरेर सडक खोल्नु प¥यो ।

असिनाका कारण भएको भागदौड र टाउकोमा लागेर केही घाइते भएका छन् । सामन्य घाइते भएकाहरु स्थानीय मेडिकलमा उपचार गरेर घर फर्केका कारण यकिन तथ्याङ्क छैन । असिना छल्न भागदौडमा पर्दा घाइते भएका नुवाकोटका सुमन तामाङ स्थानीय मेडिकलमा ड्रेसिङ गराएर घर फर्केका छन् ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरिक्षक शेर बहादुर चन्दले घाइते भएको रिपोर्ट लिएर कोही नआएको तर अवस्था यति भयावह थियो की सर्वसधारण आतंकित बनेको बताए । प्रहरी निरिक्षक चन्दका अनुसार हात्तिगौडाको बिगमार्ट सपिङ मार्टमा असिनाको भार धान्न नसकी छत नै खसेर क्षति पुगेको छ ।

क्षतिको अन्य विवरण आउन बाँकी छ । प्रहरी निरिक्षक चन्दले असिनाको कारण सडक, फुटपाथ तथा सबैतिर अस्तव्यस्त अवस्था आएपछि करिब ३० जना प्रहरी परिचालन गरेर साबेलमार्फत सडकमा जमेको असिना हटाइएको बताए ।

जल तथा मौषम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार साँझ गल्फुटार, हात्तिगौडा, महाराजगन्ज क्षेत्रमा प्रि मनसुन एक्टिभीटी अन्तर्गत असिना परेको हो । विभागका मौषमविद विभूति पोखरेलका अनुसार यतिबेला पश्चिमी वायुको प्रभाव बढेको छ । पूर्व र पश्चिम दुवै तर्फ न्यून चापिय प्रणाली नजिक आइरहेको सन्दर्भमा माथिल्लो भागबाट पनि सपोर्ट गर्दा असिना पानी परेको मौषम विभागले जनाएको छ ।

आगामी दिनमा यस्तो बाल्टीले खन्याएको जस्तो गरी असिना पर्ने सम्भावना अझै रहेको  महाशाखाले बताएकाे छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Khadga Susling Magar

    असिनाको भार धान्न नसक्ने घर !

    Comment Author

    Sunita Sapkota

    Hawba

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?