यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०७५
|
|
१३ पटक हेरिएको
Shares
यस्ता छन् मन्त्रिपरिषद्ले गरेका ६ निर्णय

सारांश

  • काठमाडौं, ३ असार।
  •   आइतबार बसेको  मन्त्रिपरिषद् बैठकले दरबन्दी कटौतीदेखि विभिन्न ६ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ।
  • बैठकले नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालयका बीच नेपालमा चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ।

काठमाडौं, ३ असार।  आइतबार बसेको  मन्त्रिपरिषद् बैठकले दरबन्दी कटौतीदेखि विभिन्न ६ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ।

बैठकले नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालयका बीच नेपालमा चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको छ।

त्यस्तै लेखा परीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ।  सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिइएको छ। जसअनुसार नेपाल टेलिभिजन र रेडियो नेपाल एउटै व्यवस्थापनमा सञ्चालन हुने छ।

नेपाल खानेपानी संस्थानका दस जना बोर्ड सदस्यहरुको संख्या घटाएर १९ बाट ९ बनाइएको छ।  उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

त्यस्तै ( शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना स्वीकृत गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?