बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बेलायती प्रधानमन्त्रीलाई धक्का, इयुबाट बाहिरिने प्रस्ताव संसदबाट अस्वीकृत

सारांश

  • युरोपियन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव अर्थात ‘ब्रेक्जिट डिल’ संसदमा अस्वीकृत भएको छ ।
  • प्रधानमन्त्री मेको प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो ।
  • ब्रेक्जिट सम्बन्धी प्रस्तावमा प्रधानमन्त्री मे को विपक्षमा ४ सय ३२ सांसदले मत दिए भने पक्षमा २ सय २ मत परेको थियो ।

युरोपियन युनियनबाट बेलायत बाहिरिने सम्बन्धी प्रधानमन्त्री टेरिजा मेको प्रस्ताव अर्थात ‘ब्रेक्जिट डिल’ संसदमा अस्वीकृत भएको छ । प्रधानमन्त्री मेको प्रस्ताव संसदमा ठूलो बहुमतसहित अस्वीकृत भएको हो । ब्रेक्जिट सम्बन्धी प्रस्तावमा प्रधानमन्त्री मे को विपक्षमा ४ सय ३२ सांसदले मत दिए भने पक्षमा २ सय २ मत परेको थियो ।

प्रधानमन्त्री मे कै कन्जरभेटिभ पार्टीका १ सय १८ सांसदले विपक्षमा मत दिएका हुन् । विपक्षी लेबर पार्टीका तीन सांसदले यसको समर्थन गरेका थिए ।प्रधानमन्त्री मे को योजना विफल भएपछि विपक्षी लेबर पार्टीले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।

लेबर पार्टीका नेता जेरेमी कोर्बिनले संसदमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् । अश्विासको प्रस्तावमाथि संसदमा बुधबार मतदान गर्ने तयारी छ । दुई वर्षभन्दा बढी समय लगाएर तयार पारेको ब्रेक्जिट डिल अस्वीकृत हुनु प्रधानमन्त्री मे का लागि निकै ठूलो धक्का हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?