बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०८०
|
|
५६ पटक हेरिएको
Shares
बेहुली नबन्दै अस्ताइन रञ्जु, बिबाहको अघिल्लो दिन अर्नाले लियो ज्यान

सारांश

  • इनरुवा।
  • सुनसरीको कोसी गाउँपालिका-३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए।
  • मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।

इनरुवा। सुनसरीको कोसी गाउँपालिका-३ का गुलाबी मुखियाले छोरीको बिहेका लागि सबै तयारी गरिसकेका थिए। मुखिया परिवारले छोरी रञ्जुकुमारीको विवाहका लागि घर सिँगारेर चिटिक्क पार्नुका साथै आफन्त र गाउँले दाजुभाइलाई निम्ता पनि गरिसकेको थियो।

सोमबारको बिहेका लागि आइतबारदेखि नै निम्तालुहरु आउनेक्रम सुरु भइसकेको थियो। छरछिमेकीहरु पनि विवाहको अन्तिम तयारीमा जुटेका थिए भने आगन्तुक एवं जन्तीलाई भोजभतेरका लागि आवश्यक सबै सामग्रीको जोहो भइसकेको थियो।

गुलाबी विपन्न परिवारको भए पनि छोरीलाई धुमधामका साथ अन्माउने तयारीमा थिए। तर गुलाबीको परिवारमा अकस्मात परेको बज्रपातले अहिले उहाँको परिवारमात्र होइन गाउँ नै स्तब्ध भएको छ।

गुलाबीकी २१ वर्षीया छोरीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली अर्नाले आक्रमण गरी ज्यान लिएपछि गुलाबीको परिवारमा बज्रपात भएको हो। रञ्जुको मृत्युको खबर सुनेपछि गुलाबी मुखियाको परिवार मुर्छित छ। गुलाबी परिवारले माछा मारेर जीविकोपार्जन गर्दै आएको छ।

घरबाट करिब डेढ किलोमिटर पश्चिम कोसी किनारमा घाँस काट्न पुगेकी रञ्जुलाई आइतबार अर्नाले आक्रमण गरेको थियो। सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए।

घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गरिरहेकाले रञ्जुको घटनास्थलमै निधन भएको थियो। बिहेको एकदिनमात्र अघि भएको यो दुःखद् घटनाका कारण रञ्जुको बेहुली बन्ने सपना पनि अधुरै रह्यो।

पीडित परिवारलाई क्षतिपूर्ति दिने कोशीटप्पु वन्यजन्तु आरक्षले आश्वासन दिएको छ। आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउँदै आएको छ।

आर्थिक वर्ष २०७०/७१ देखि हालसम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएका छन् भने १६ को मृत्यु भएको कोसीटप्पु वन्यजन्तु आरक्ष प्रशासन शाखाले जनाएको छ। अर्नाको आक्रमणमा परी ४३ घाइते भएका छन् भने रञ्जुसहित चार जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन
लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै
सावधान : वनको च्याउमा विष हुन सक्छ
सावधान : वनको च्याउमा विष हुन सक्छ
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
राष्ट्रिय युवा संघ नेपालले गर्‍याे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
भोलिबाट चार दिन विद्यालय बन्द
भोलिबाट चार दिन विद्यालय बन्द
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
बैतडीमा पुल नहुँदा स्थानीय समस्यामा !
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम