डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुलाइ सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय ।

सारांश

  • काठमाडौँ : आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतलाई ध्यानमा राखि   डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुको स्विच अफ नगर्ने सञ्चार मन्त्रालयले  निर्णय  गरेको छ।
  • बढीमा मंसिर मसान्तसम्मलाई नेपाली च्यानल अनिवार्य प्रसारण गर्ने गरी बढीमा ३५ वटा च्यानलमात्रै प्रसारण गर्न दिने निर्णय मन्त्रालयले गरेको हाे ।
  • बुधबारदेखि डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुको स्विच अफ गर्न थाले पनि सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय गरेको हाे ।

काठमाडौँ :
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतलाई ध्यानमा राखि   डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुको स्विच अफ नगर्ने सञ्चार मन्त्रालयले  निर्णय  गरेको छ।

बढीमा मंसिर मसान्तसम्मलाई नेपाली च्यानल अनिवार्य प्रसारण गर्ने गरी बढीमा ३५ वटा च्यानलमात्रै प्रसारण गर्न दिने निर्णय मन्त्रालयले गरेको हाे ।

बुधबारदेखि डिजिटलमा नगएका केबल टेलिभिजन संस्थाहरुको स्विच अफ गर्न थाले पनि सञ्चार मन्त्रालयले फेरि केही समय दिने निर्णय गरेको हाे ।

यसअघि गत बैशाख १५ भित्र नै सबै महानगरपालिका अन्तर्गतका एनालग केवल टिभी प्रदायकलाई डिजिटल प्रणालीमा जान मन्त्रालयले ‘अल्टिमेटम’ दिएको थियो। तर, अटेर गर्ने केवल टिभी प्रदायकलाई मन्त्रालयले कुनै कारबाही गरेन।

महानगर बाहेक उपमहानगर र नगरपालिकाका केवल टिभी प्रदायकलाई डिजिटल प्रणालीमा जान मन्त्रालयले गत बुधबारसम्मको म्याद दिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?