बैंकमा ऋण नपाए मलाई भन्नुस्ः अर्थमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बैंकमा ऋण नपाए मलाई भन्नुस्ः अर्थमन्त्री

सारांश

  • अर्थमन्त्री डा.
  • युवराज खतिवडाले सबै बैंकलाई कम्तिमा एक प्रतिशत ऋण सहुलियत क्षेत्रमा दिन आग्रह गरेका छन् ।
  • सहुलियत ब्याज दर कर्जा प्रवाहका लागि युवा परिषद्सँग राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र एनएमबी बैंकले समझदारी गरेको कार्यक्रममा बोल्दै उनले व्याज अनुदानको कर्जा दिन आग्रह गरेका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै बैंकलाई कम्तिमा एक प्रतिशत ऋण सहुलियत क्षेत्रमा दिन आग्रह गरेका छन् । सहुलियत ब्याज दर कर्जा प्रवाहका लागि युवा परिषद्सँग राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक र एनएमबी बैंकले समझदारी गरेको कार्यक्रममा बोल्दै उनले व्याज अनुदानको कर्जा दिन आग्रह गरेका हुन् । उनले सबैले एक प्रतिशतका दरले ऋण दिएको भए आज ३० अर्ब लगानी भइसक्ने र यसबाट ६० हजार युवा स्वरोजगार बनिसक्थे भन्दै गुनासो समेत गरे ।

अर्थमन्त्री डा. खतिवडाले प्रक्रिया पुरा गर्दा पनि स्वरोजगार बन्न व्याज अनुदानको ऋण नपाए सिधै आफुलाई इमेल गर्न आग्रह गरे । अहिले पनि गुनासोहरु आइरहेको र आफूले अपडेट लिइरहेको उनले बताए । सहुलियत कर्जाको लागि आफू साक्षी रहेको भन्दै उनले यस विषयमा खेलवाड नगर्न बैंकहरुलाई चेतावनी समेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?