रवि लामिछाने सहित तीनै जना अझै ५ दिन हिरासतमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
रवि लामिछाने सहित तीनै जना अझै ५ दिन हिरासतमा

सारांश

  • सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने आदेश दिएको छ ।
  • शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई पाँच दिन अनुसन्धानका लागि हिरासतमा राखिएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै ३ भदौको म्याद थपको माग भएबमोजिम पाँच दिनको म्याद थप्ने आदेश दिएको हो ।
  • पाँच दिन अघि काठमाडौंबाट पक्राउ गरी तीनै जनालाई चितवन लगिएको थियो ।

सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई जिल्ला अदालत चितवनले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्ने आदेश दिएको छ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्याको दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेललाई पाँच दिन अनुसन्धानका लागि हिरासतमा राखिएपछि थप अनुसन्धान गर्नुपर्ने भन्दै ३ भदौको म्याद थपको माग भएबमोजिम पाँच दिनको म्याद थप्ने आदेश दिएको हो ।

पाँच दिन अघि काठमाडौंबाट पक्राउ गरी तीनै जनालाई चितवन लगिएको थियो । उनीहरुविरुद्ध पुडासैनी पत्नीले आत्महत्याको दुरुत्साहनमा किटानी जाहेरी दिएकी थिइन् ।

चितवनस्थित होटलमा पुडासैनीको शव भेटिएपछि अनुसन्धानका क्रममा प्रहरीले लामिछानेसहित तीनजनाका कारण आत्महत्या गरेको भन्ने भिडियो फुटेज फेला पारेको थियो । त्यसैका आधारमा लामिछानेमाथि अनुसन्धान गर्न भन्दै प्रहरीले पक्राउ गरेको थियो । लामिछाने पक्राउपछि उनका समर्थकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?