कांग्रेस वैठक यस्ता विवादमा फस्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेस वैठक यस्ता विवादमा फस्यो

सारांश

  • चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ ।
  • पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो ।
  • विवादकै कारण शनिबार औपचारिक बैठक बसेन ।

चुनावी समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय समिति बैठक मुख्यतः तीन विवादमा फसेको छ । पदाधिकारीसहित सबै केन्द्रीय सदस्य बोलिसकेपछि बैठकको निर्णय सार्वजनिक गर्न दुई दिनदेखि कसरत भए पनि कांग्रेस असफल भएको हो । विवादकै कारण शनिबार औपचारिक बैठक बसेन । नेताहरू अनौपचारिक छलफलमा भने जुटे ।

शनिबार बिहान ९ बजेका लागि बैठक डाकिएको थियो, तर ११ बजेसम्म पनि सबै सदस्य उपस्थित भएनन् । १२ बजेपछि केन्द्रीय कार्यालय सानेपामै भएको मुस्लिम संघको महाधिवेशनमा नेताहरू अल्झिए ।

त्यहाँ दुई घन्टा सहभागी भए । तर, त्यसपछि पनि केन्द्रीय समिति बैठक बस्न सकेन । बैठकको निर्णय कसरी लेख्ने भन्नेमै संस्थापन पक्ष र रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौला पक्षबीच विवाद छ ।

अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी बसेका थिए ।

तर, तीन घन्टामा पनि उनीहरू सहमतिमा पुगेनन् । नेताहरू आइतबार बिहान ९ बजे बैठक बस्ने गरी उठे ।

मुख्य ३ विवाद

विवाद १ : महासमिति बैठक र जिल्ला सभापति भेलाको मिति
कांग्रेसमा धारणा राख्दादेखि निर्णय गर्ने तयारी चल्दासम्म पौडेल र सिटौला पक्षले जेठभित्रै जिल्ला सभापतिको भेला र ढिलोमा असार १५ सम्म महासमिति बैठक डाक्ने गरी निर्णय गर्न नेतृत्वलाई दबाब दिँदै आएको छ ।

तर, समिति बनाएर विधान संशोधन गर्नुपर्ने तथा महासमितिका लागि प्रस्ताव तयार गर्नुपर्ने भन्दै असारमा बैठक राख्नै नसकिने अडान संस्थापन पक्षले लिएको छ ।

‘हामीले यसअघिदेखि नै महासमितिको बैठक जेठ मसान्त वा असारको पहिलो हप्तासम्म टुंग्याउने भन्दै आएका थियौँ ।

फेरि, यही भनिरहेका छौँ । त्यसपछि जेठ मसान्तसम्म जिल्ला सभापतिको भेला गर्न भनिरहेका छौँ,’ निर्णय लेखन प्रक्रियामा सहभागी नवीन्द्रराज जोशीले नयाँ पत्रिकासित भने, ‘उहाँहरू (देउवा पक्ष) विधान संशोधन समितिले प्रतिवेदन तयार गर्न र महासमितिका लागि प्रस्ताव तयार गर्न समय लाग्छ, त्यसैले साउन वा भदौमा गरौँ भनिरहनुभएको छ । यही विवादका कारण निर्णय हुन अलमल भइरहेको छ ।’

‘निर्णयका विषयमा हामी अनौपचारिक कुराकानीमै सीमित छौँ । अब भोलि निर्णय हुन सक्छ,’ संस्थापन पक्षका डा. प्रकाशशरण महतले नयाँ पत्रिकासित भने, ‘महासमिति बैठक गर्ने नै हो, तर मिति ठूलो विषय होइन । जेठमा गर्नै सकिँदैन ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?