एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एयर एसियाले १३ करोड रुपैयाँ बक्यौता नतिरि किन सेवा बन्द गर्याे ?

सारांश

  • काठमाडौं, १२ कात्तिक ।
  •    मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौं रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ ।
  • काठमाडौं–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो ।

काठमाडौं, १२ कात्तिक ।   मलेसियाको जेट एयरलाइन्स एयर एसियाले नेपाल सरकारको करोडौं रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौं–क्वालालम्पुर उडान भर्दै आएको एयर एसियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो । कम्पनीले १ वर्षका लागि काठमाडौं गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई १३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यो विलम्ब शुल्क हो । कम्पनीले हालसम्म करीब ३० करोड रुपैयाँ रकम बुझाइसकेको विमानस्थलले जनाएको छ । 

एयरलाइन्सले अवतरण (ल्यान्डिङ), पार्किङ (विशौनी), एयर नेभिगेसन (सञ्चार तथा उड्डयन सहायक सेवा), विमानस्थल विकास शुल्क, कोठा भाडा लगायतमा बक्यौता तिर्नुपर्नेछ । एयर एसियाले वाइड बडी ए ३३० बाट दैनिक यहाँ उडान भर्दै आएको थियो । बाँकी बक्यौता तिर्नका लागि नेपालस्थित मलेसियाली राजदूतावासले पहल गर्ने आश्वासन दिएको छ । विलम्ब शुल्क तिर्नका लागि पहल गर्ने आशयसहित विमानस्थललाई पत्राचार गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डलाई पनि सेवा शुल्कबापतको ७ करोड रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । २ सरकारका उच्च अधिकारीले हस्ताक्षर गरेसँगै विगत ६ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने छ ।

नेपाल र मलेसियाबीच डेढ दशकभन्दा अघिदेखि श्रम सम्बन्ध रहेपनि श्रम सम्झौता हुन सकेको थिएन । नेपालबाट कामका लागि जानेमाथि ठगी भएको भन्दै सरकारले केही समयका लागि श्रम स्वीकृति रोकेको थियो । २ देशबीच भएको श्रम सम्झौतापछि एयरलाइन्सले पुनः सेवा शुरू गर्न सक्ने महाप्रबन्धक क्षेत्री बताउँछन् ।     वैदेशिक रोजगारीमा जाने कामदारलाई लक्ष्य गरी उडान भर्न शुरू गरिएको एयरलाइन्सले नेपाली कामदार रोकिएसँगै उडान बन्द गर्ने निर्णय गरिएको थियो । महाप्रबन्धक क्षेत्रीका अनुसार लगातार घाटा भएपछि उडान भर्न बन्द गर्ने भन्दै सेवा बन्दका लागि कम्पनीले निवेदन दिएकाेमा कामदारको समस्या समाधान हुने भएकाले उडान बन्द नगर्न सुझाइएको थियो ।

नेपालमा एयरबस वाइड बडी जहाजबाट उडान भर्ने एयरलाइन्स काठमाडौंबाट जाने यात्रु पाउनै छाडेपछि उडान बन्द गर्ने निष्कर्षमा पुगेको हो । हाल सो मार्गमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र मालिन्डो एयरलाइन्सले उडान भर्दै आएका छन् ।

बोर्डलाई ७ करोड तिर्न बाँकी 

एयर एसियाले नेपाल पर्यटन बोर्डलाई ७ करोेड २३ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कम्पनीले पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत १ वर्षदेखि उक्त वायुसेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका सूचना अधिकारी रोहिणीप्रसाद खनालले जानकारी दिए । एयर एसियाको उक्त रकम जरिवाना सहितको हो । बोर्डले बक्यौता रकम तिर्न सो कम्पनीलाई पटक–पटक आग्रह गरेपनि अटेर गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत् रकम असुलका लागि पहल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
अर्थमन्त्री पौडेल भन्छन् : समृद्धिका पक्षमा वर्तमान सत्ता समीकरण निर्माण भएको हो
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
प्रदर्शनकारीसँग वार्ता गरी समस्या समाधान गर्न सांसदको माग
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
घरेलु तथा साना उद्योगमा आर्थिक अनियमितता !
घरेलु तथा साना उद्योगमा आर्थिक अनियमितता !
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
पौष १० गते लाग्ने सूर्य ग्रहणले कस्तो असर पार्छ ?
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
नुवाकोटमा रामशरण महतको मोटर लक्षित गरी विष्फोटन (तस्विरहरु)
सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
सापु रोगको खतरा बढ्यो, सचेत रहन आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
चीनद्वारा गरिएको अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपालमा समस्या
चीनद्वारा गरिएको अनौपचारिक ‘आर्थिक नाकाबन्दी’ ले नेपालमा समस्या

तपाईंले छुटाउनुभयो कि?