बैतडीमा असिनापानीले बालीनाली सखाप

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०८०
|
|
२७ पटक हेरिएको
Shares
बैतडीमा असिनापानीले बालीनाली सखाप

सारांश

  • बैतडी ।
  • वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ ।
  • आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो ।

बैतडी । वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो ।

असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ ।

दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ । वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताउनुभयो । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
२०४३ सम्ममा न्यूजिल्याण्डमा एसियाली मूलका २६ प्रतिशत नागरिक हुने
आन्द्राको शल्यक्रिया सफल
आन्द्राको शल्यक्रिया सफल
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
‘बादलभित्रको घाम’ साहित्य पुरस्कार स्थापना, तीन पाठकलाई रु २५ हजारले सम्मान
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
website, bonuses, how to register and login in Bangladesh BD 202
संघीय र प्रदेश गृहमन्त्रीको बैठक : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय
संघीय र प्रदेश गृहमन्त्रीको बैठक : प्रहरी समायोजन प्रक्रियालाई यथाशीघ्र अघि बढाउने निर्णय
जनताको चेतना अभिवृद्धि गर्ने सञ्चारमाध्यम : उपसभामुख
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै
महोत्तरीमा पाँचजनामा डेंगु रोग संक्रमित
महोत्तरीमा पाँचजनामा डेंगु रोग संक्रमित

तपाईंले छुटाउनुभयो कि?