कात्तिक २९ गतेको राशिफल हेर्नुस

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
कात्तिक २९ गतेको राशिफल हेर्नुस

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला ।
  • महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
  • स्वादिष्ट भोजन पाईनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । सन्तान सुख मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । शिक्षामा सफलता पाईनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा सङ्का उत्पन्न हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आर्थिक सङ्कटमा परिएला । शिक्षामा अवरोध आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । रमाइलो यात्राको योग रहेको छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अल्छीपना बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोबल उच्च रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । बोलीको प्रभाब बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) छोटो दुरीको लाभदायी यात्रा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?