बिहेवारी, बीस वर्षपारि नारामा सीमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
बिहेवारी, बीस वर्षपारि नारामा सीमित

सारांश

  • नेपालगञ्ज।
  • युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ।
  • बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन्।

नेपालगञ्ज। युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ।

बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन्। विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी साहिल अन्सार बताउँछन्।  

जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क  छैन।  बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाइ छ। गत आर्थिक वर्षमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ  उजुरी परेको थियो। “उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्बाध हुने गरेको छ”, अधिकारकर्मी कमला पन्तले भनिन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो  औँल्याए।

बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ । जिल्लामा बालविवाह बढ्दै गएको छ। बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले काम गरिरहेका छन्। बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन।

नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्र्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन। बालविवाहका घटना बढ्दै गएको अवस्था छ। बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजीत तिवारीको सुझाव छ।

बाँके  मधेशी र मुस्लिम समुदायको बाहुल्य भएको जिल्ला हो। विशेष गरेर सो समुदायमा २० वर्र्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर कानूनले २० वर्र्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ। केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्र्षमा नै  गर्न पाआँै भनेर मागसमेत उठेको थियो। सो मागलाई समाजका अगुवाले गैरकानूनी भनेर  टिप्पणी गरेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्यूठानमा  ६० प्रतिशत मत खस्यो, आहालखोलामा भने मतदान स्थगित
प्यूठानमा ६० प्रतिशत मत खस्यो, आहालखोलामा भने मतदान स्थगित
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा
पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
पहिरोले अबरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
इरानी सेनाको रिभाल्युशनरी गार्डलाई अमेरिकाद्वारा आतंवादी संगठन घोषित
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
अमेरिकाको अलास्कामा ७.० म्याग्निच्यूडको भूकम्प, सडक चिराचिरा परे
एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी
एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी
डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !
डाक्टर श्रीमानले सुनीतालाई घर–गाडी माग्दै यातना दिन्थे !
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
बाराको आदर्श कोतवाल गाउँपालिकाको दुईवटा वडामा एमालेको प्यानल विजयी
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
माग पूरा नभए ग्यास बिक्री रोक्ने ग्यास उद्योगीको चेतावनी
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग
दिलबहादुर घर्ती बचाउन साउदीबाट साढे सात लाख सहयोग