गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०८०
|
|
५३ पटक हेरिएको
Shares
गत वर्षको भन्दा १३३ मेगावाट विद्युत बढी माग

सारांश

  • काठमाडौं।
  • यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन (हिजो साँझ) देश १४३८ मेगावाट युनिट विद्युत् खपत भएको छ।
  • नेपाल विद्युत् प्राधिकरणका अनुसार यो वर्षको लक्ष्मीपूजाको दिन साँझ ६ बजे सबैभन्दा बढी विद्युत्को प्रयोग भएको जनाएको छ।

काठमाडौं। यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन (हिजो साँझ) देश १४३८ मेगावाट युनिट विद्युत् खपत भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार यो वर्षको लक्ष्मीपूजाको दिन साँझ ६ बजे सबैभन्दा बढी विद्युत्को प्रयोग भएको जनाएको छ। यस वर्ष विद्युत्को प्रयोग गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।

गत वर्ष कात्तिक ७ गते लक्ष्मीपूजाको दिन १३०५ मेगावाट खपत भएको थियो। यसवर्ष विद्युत् मागलाई पूरा गरी ५१७ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको छ । गत वर्षको लक्ष्मीपूजाको दिन ४०६ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ