एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
एमालेले ४४ स्थानमा बिजयी हुँदा कांग्रेस ३१, माओवादी १५ मा बिजयी, अग्रस्थामा एमालेनै

सारांश

  • काठमाडौं ।
  • स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ ।
  • पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ ।

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले आफ्नो अग्रता कायम नै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेले ४४ स्थानीय तहमा जीत हासिल गरेको छ । एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म ३१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी माओवादी केन्द्र तेस्रो स्थानमा रहँदै १५ स्थानीय तहमा प्रमुख पदमा जीत हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा र फोरम नयाँ शक्तिले १ /१ स्थानीय तहमा जीत हासिल गरेको छ ।

हालसम्मको मतपरिणाम अनुसार मतमणना भइरहेको स्थानमा पनि एमाले नै अग्रस्थानमा रहेको छ । पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा एमालेले ९३ स्थानमा अग्रता लिइरहेको छ । यसैगरी नेपाली कांग्रेसले एमालेलाई पच्छ्याउँदै ८९ स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र तेस्रो स्थनमा रहँदै २२ स्थानमा आफ्नो अग्रता कामय राखेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा अग्रता लिएको छ भने नयाँ शक्ति फोरमले २, फोरम लोकतान्त्रिकले ६ र स्वतन्त्र उम्मेदवारले ३ स्थानमा अग्रता कायम राखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?