कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२३ पटक हेरिएको
Shares
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् ।
  • उनले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे ।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्न सके मुलुकमा सुशासन कायम गर्न सकिने बताएका छन् ।

उनले भ्रष्टाचार निर्मल पार्न सके सुशासन र लोकतान्त्रिक अभ्यासले विकास तथा समृद्धि कायम हुनेमा विश्वास व्यक्त गरे । दोलखा काठमाडौँ सम्पर्क मञ्चले आज नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय काठमाडौँमा आयोजना गरेको स्व पशुपति चौलागाइँको दोस्रो स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले दोलखाली कम्युनिष्ट पार्टी मात्र नभइ सिङ्गो दोलखामा उनको भूमिका र योगदान उच्च रहेको बताए ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो दिलु पन्तले चौलागाई सरल र सादगी नेता रहेको बताए । उनले नक्कली शरणार्थी अनुसन्धानमा सत्यतथ्य सार्वजनिक गर्न सहयोग गर्ने उद्देश्यले आफ्नो पार्टीले आज देशभर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

पोलिटब्यूरो सदस्य शिव भण्डारी, पार्टीका केन्द्रीय सदस्य चुनु केसी लगायतका नेताले चौलागाइँ सामाजिक विकास तथा आर्थिक व्यवस्थापनमा पारदर्शी रहेको आदर्श नेताका रूपमा नयाँ पुस्ताले सम्मान गर्नुपर्ने बताए ।

दोलखा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष हरिहर कार्कीले मुलुकको राजनीतिक विकास क्रममा चौलागाइँको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

दुई वर्षअघि कोरोनाको उपचारको क्रममा निधन भएका चौलागाईँ तत्कालीन अवस्थामा नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य थिए भने दुई कार्यकाल दोलखाको सभासद् भएको थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?