ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७८
|
|
३९ पटक हेरिएको
Shares
ब्याटिङ नचल्दा नेपाल यूएईसँग पराजित

सारांश

  • आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
  • दुबईमा शुक्रबार खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो ।
  • युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।

दुबईमा शुक्रबार खराब ब्याटिङलाई निरन्तरता दिएपछि नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो ।

युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । ६० बलमा ४ चौका प्रहार गरेका रोहित अर्धशतकबाट ४ रनले चुके । रोहित अर्धशतकबाट मात्र चुकेनन्, उनी नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट समेत चुके ।

खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो । ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए ।

यूएईको जितमा बसिल हमिदले ४ तथा जुनेद सिद्दिकीले ३ विकेट लिए ।

 यस अघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै  १ सय ६८ रन बनाएको थियो ।

यूएईका रिजवान सीपी र रोहन मुस्तफाले समान ४०/४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।

यूएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए ।

यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए ।

यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो ।

युएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।

अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मंगलबार खेल्नेछ ।

लिग टु मा कुल ७ टिम सहभागि रहेका छन् ।

नेपालले १० खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।

यूएई भने १६ खेलमा ९ जित निकाल्दै २० अंकका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरो पीडितका लागि एमाले सांसदले एक महिनाको तलव दिने
बाढीपहिरो पीडितका लागि एमाले सांसदले एक महिनाको तलव दिने
अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु
अफगानिस्तानमा ५ सैनिक, ४ सर्वसाधारणको मृत्यु
पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित
पहिलो एकदिवसीय खेलमा अफगानिस्तानमाथि वेष्ट इण्डिजको सहज जित
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
कछुवा गतिमा देउवा सरकार, ३ महिना बित्नलाग्दा पनि भएन मन्त्रिमन्डल बिस्तार ।
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय
खानेकुराको गुणस्तर जाँच्ने मेसिन नेपालमा
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
१९औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
प्रधानमन्त्री देउवाद्वारा आजै राजीनामा दिने घोषणा, ओली आजै नयाँ प्रधानमन्त्री
“सरकारी छाप र हस्ताक्षरकीर्तेको  ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
“सरकारी छाप र हस्ताक्षरकीर्तेको ” आरोपमा कुशुमपुर टुडेका सम्पादक पक्राउ,के कारबाही होला त पत्रकारलाई ?
आधा सिलिण्डर ग्यासको मूल्य कहाँ कति ?
आधा सिलिण्डर ग्यासको मूल्य कहाँ कति ?

तपाईंले छुटाउनुभयो कि?