ब्याडमिन्टनमा नेपाल र भारत पुगे फाइनलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ब्याडमिन्टनमा नेपाल र भारत पुगे फाइनलमा

सारांश

  • काठमाडौं ।
  • नेपाल र भारत दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्स फाइनल प्रवेश गरेका छन् ।
  • काठमाडौंमा चलिरहेको प्रतियोगितामा नेपालले उपाधिका आज बिहीबार भारतको सामना गर्ने भएको छ ।

काठमाडौं । नेपाल र भारत दक्षिण एशियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्स फाइनल प्रवेश गरेका छन् ।

काठमाडौंमा चलिरहेको प्रतियोगितामा नेपालले उपाधिका आज बिहीबार भारतको सामना गर्ने भएको छ । यसअघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह बिको विजेता हुँदै बंगलादेशको सामना गरेको थियो । नेपालले प्रतिस्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टोली हो ।

नेपालले सेमिफाइनलमा बंगलादेखिविरुद्ध ३–० ले जितेको छ । योसँगै नेपाल उपाधि नजिक पुगेको हो । नेपालका नवीन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई पराजित गरेका छन् ।

महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते इमडाडलाई नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई पाखा लगाउँदै विजयी भएका हुन् ।

अर्को सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–० ले नै पराजित गर्दै फाइनलमा नेपालको सामना गर्ने भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?