यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
सारांश
- आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा दलहरु विभिन्न सिकासका एजेण्डा लिएर जनताको घरदैलो गरिरहेका छन् ।
- पहिलो चरणको प्रचार–प्रचार दशैँ अघिनै सम्पन्न गरेर दोस्रो चरणको प्रचारमा जुटेको वामगठबन्धनले पनि डोल्पाको बिकासकालागि विभिन्न एजेण्डासहित घरदैलो गरिरहेको छ ।
- एमाले र माओवादी केन्द्रको गठबन्धनले डोल्पाका विकासको लागि पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राखेको छ ।
आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा दलहरु विभिन्न सिकासका एजेण्डा लिएर जनताको घरदैलो गरिरहेका छन् । पहिलो चरणको प्रचार–प्रचार दशैँ अघिनै सम्पन्न गरेर दोस्रो चरणको प्रचारमा जुटेको वामगठबन्धनले पनि डोल्पाको बिकासकालागि विभिन्न एजेण्डासहित घरदैलो गरिरहेको छ ।
एमाले र माओवादी केन्द्रको गठबन्धनले डोल्पाका विकासको लागि पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथामिकतामा राखेको छ । ‘आधारभुत आवाश्यक्ताको रुपमा रहेका शिक्षा, स्थास्थ्य, यातायात, संञ्चार सुविधालाई थप प्रभावकारी बनाउने गठबन्धनको लक्ष्य रहेको प्रदेश क्षेत्र नं ‘क’ का एमालेका उम्मेद्वार नन्द सिंह बुढाले जानकारी दिए ।
डोल्पा प्रचुर पर्यटकीय सम्भावना बोकेको जिल्ला भएकाले प्राकृतिक धार्मिक तथा ईतिहाँसिक सम्पदाहरुको बिकासकोलागि गुरु योजना बनाउने र एकघर एक होमस्टेको अवधारणा ल्याएर पर्यटन प्रवद्धर्न गर्ने लक्ष्य रहेको उम्मेद्वार बुढाको भनाई छ ।
बुढाले गठबन्धनले उपल्लो डोल्पाका तिन वटै स्थानीय तह घरदैलो अभियान सम्पन्न गरेर मंसिर १ गते देखि काईके गाँउपालिकामा घरदैलो कार्यक्रम सुरु गर्ने जानकारी दिए । एमालेबाट उम्मेद्वार बन्नुभएका पुर्व सांसद तथा प्रतिनिधि सभाका उम्मेद्वार धन बहादुर बुढाले तल्लो डोल्पामा प्रचार प्रचार सम्पन्न गरेर आज त्रिपुरा सुन्दरी नगरपालिकामा आईपुगेको उनले बताए ।
त्यस्तै नेपाली काङग्रेसले पनि विभिन्न एजेण्डा सहित चुनाव–प्रचार प्रचारमा जुटेको छ ।सर्वप्रथमा जिल्लामा व्याप्त आर्थिक अनियमितता न्युनीकरणकालागि कामगर्ने प्रतिबद्धता सहित चुवान प्रचार–प्रचार गरिहेको प्रतिनिधि सभाका उम्मेद्वार अंगत बुढाले जानकारी दिए ।
जिल्लाको विकासका लागि ठोस खाकासहित शिक्षा, स्थास्थ्य, यातायात र संञ्चारको विकास गर्ने र पछिल्लो समयमा रोजगारीका लागि डोल्पाली युवाहरु विदेशिने क्रम बडेकाले यसलाई रोक्न विभिन्न कार्यक्रमहरु ल्याउने एजेण्डा रहेको बुढाको भनाई छ ।
उपल्लो डोल्पामा प्रचार–प्रचार कार्यक्रम सम्पन्न गरेर अहिले तल्लो डोल्पाका बस्तीहरुमा घरदैलो कार्यक्रममा जुटेको काङ्ग्रेसले जनाएको छ । क्षेत्र नं क मा ८ हजार २ सय पचास र क्षेत्र नं ख मा १० हजार ७ सय ३९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
प्रतिक्रिया