आफैलाई गोली हान्न लगाउने आचार्य ५ हजार धरौटीमा छुटे
सारांश
- काठमाडौं ९ असार- आफैलाई गोली हान्न लगाएर चर्चामा आउन खोजेका आचार्य श्रीनिवास अदालतको आदेशपछि रिहा भएका छन् ।
- हिन्दूराज्य स्थापना गर्न आन्दोलनका लागि आफैलाई गोली हान्न लगाएका श्रीनिवास ५ हजार रुपियाँ धरौटी तिरेर रिहा भएका छन् ।
- जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार रुपियाँ धरौटी तिरेर रिहा गर्ने आदेश दिएको थियो ।
काठमाडौं ९ असार- आफैलाई गोली हान्न लगाएर चर्चामा आउन खोजेका आचार्य श्रीनिवास अदालतको आदेशपछि रिहा भएका छन् । हिन्दूराज्य स्थापना गर्न आन्दोलनका लागि आफैलाई गोली हान्न लगाएका श्रीनिवास ५ हजार रुपियाँ धरौटी तिरेर रिहा भएका छन् ।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले ५ हजार रुपियाँ धरौटी तिरेर रिहा गर्ने आदेश दिएको थियो । उनलाई हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम जेठ १६ गतेदेखि झुम्का कारागारमा राखिएको थियो।
विराटनगरको रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान गोली लागी घाइते भएका थिए । प्रहरीको अनुसन्धानपछि गोली आफैले हान्न लगाएको खुलेपछि उनलाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Naina Gurung
Thukka k sunna paryaho