महराको बयानमा झुटैझुट !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १६, २०७६
|
|
२३ पटक हेरिएको
Shares
महराको बयानमा झुटैझुट !

सारांश

  • जबरजस्ती क-रणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।
  • शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो ।
  • उनलाई आईतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिएका छन् ।

जबरजस्ती क-रणीको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा महराको बयान लिइएको हो । उनलाई आईतबार थुनछेक बहसमा लागि अदालतमा उपस्थित गराउने अनुमति पनि दिइएको अदालतका फैसला कार्यान्वयन अधिकारी संजीव पोखरेलले जानकारी दिएका छन् ।

शुक्रबार महराले न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान दिएका थिए । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

बयानका क्रममा महराले आफूमाथि लागेको क-रणी प्रयासको आरोप अस्वीकार गरेका छन् । सरकारी वकिलसँगको वयानमा उनले आफू पीडित भनिएकी महिला रोशनी शाहीको कोठामा प्रवेश नगरी फर्किएको दावी गरेका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् ।

घटनाका विषयमा केही संचारमाध्यमले आफूलाई फसाउने मनसायले षडयन्त्रपूर्वक झुटो समाचार सम्प्रेषण गरेको महराको आरोप छ । कर्मचारी समायोजनपछि शाहीले आफूलाई समस्या परेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेको र आफूले सहयोगको प्रयास गरेको महाराले बताएका छन् । रोशनी शाहीले भनेजस्तै गरी आफूले तत्काल मिलाउन नसकेपछि उनी रिसाएको महराको बयानमा उल्लेख छ ।

असोज १२ गते शाहीलाई सम्झाउने मनसायले अन्दाजी बेलुका ७ बजेपछि निवासबाट गैरीधारा, ज्ञानेश्वर, रातोपुल, गौशाला, एयरपोर्ट, तीनकुने हुँदै उनको कोठानजिकै पुगी गाडीबाट बाहिर निस्केर पटक–पटक फोन गर्दा सम्पर्क हुन नसकेपछि निजका श्रीमानसमेत कोठामा नभई बाहिर भएकाले निजको कोठामा जान उचित नठानी अञ्दाजी २०–२५ मिनेटपछि सोही गाडीमा सुरक्षाकर्मीसहित फर्की निवासमा आएको महराको दावी छ ।

घटनास्थलबाट बरामद भएको चश्माको सीसा, डण्डी र जुत्ताको जिब्री (भित्री तलुवा) आफ्नो नभएको पनि महराको दावी छ । रक्सी बोकेर शाहीको कोठामा गएको कुरा विल्कुलै निराधार भएको महराले बताएका छन् । महिलाको कोठामा नपसी बाहिरैबाट फर्किएको बताए पनि प्रहरीले तथ्यहरुले महरा कोठामा प्रवेश गरेको देखिएको दावी गरेका छन् । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल
इस्वी संवत् २०२३ ले सुख, शान्ति र समृद्धि ल्याओस् : प्रधानमन्त्री दाहाल
आयुब र रुपेशलाई स्वर्ण
आयुब र रुपेशलाई स्वर्ण
विवादास्पद नागरिकता विधेयकमा राष्ट्रपतिको १५ बुँदे सन्देश
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
Rolpa shutdown to protest murder of Tarun Dal leader Pun
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
पेशा परिवर्तन गर्न चाहन्छन् वादी समुदायका महिला
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
यसरी उल्टियो मन्त्रिपरिषद् निर्णय : सार्वजनिक पदधारण गरेको व्यक्तिले सम्पत्ति गोप्य राख्न नपाउने
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने
कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्ने

तपाईंले छुटाउनुभयो कि?