आजको मौसमः हिमाली भू-भागमा हिमपात, तराइमा हुस्सु र कुइराे लाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०८०
|
|
५१ पटक हेरिएको
Shares
आजको मौसमः हिमाली भू-भागमा हिमपात, तराइमा हुस्सु र कुइराे लाग्ने

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागमा आंशिक बदलीका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका भू-भागमा बिहानीपख हुस्सु र कुहिरोको कारण हुन सक्ने चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
इन्डोनेसिया : सुनामीबाट मृतकको संख्या २८१ पुग्यो, फेरि सुनामी अाउने चेतावनी
२४ घन्टामा १९ जना कोरोना संक्रमितको निधन
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
सुरक्षागार्डको हत्याको शंकामा १२ जनासहित एक ठेलाचालक पक्राउ,अनुसन्धानमा तीव्रता: डीआईजी रिजाल
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
खुला हृदयका साथ नेपालमा लगानी गर्न आउनुस्, सरकारले सबै प्रकारको सहयोग गर्छः प्रधानमन्त्री दाहाल
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल
फेसबुकको अध्यक्षबाट मार्क जुकरबर्गलाई हटाउने योजना असफल
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
प्रचण्डले दिए जिम्मेवारी- महरालाई सभामुख, वर्षमान पार्टी सम्हाल्ने
सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
सांसद कँडेल भारतको क्याम्पसको अध्यक्ष
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने
ओली र दाहाल स्याङ्जा, बाग्लुङ र पर्वत जाने