ट्याक्सी भाडा बढाउने तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५० पटक हेरिएको
Shares
ट्याक्सी भाडा बढाउने तयारी

सारांश

  • काठमाडौं, फागुन २९ ।
  • सरकारले ट्याक्सी चालकहरूलाई वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ ।
  • बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो ।

काठमाडौं, फागुन २९ । सरकारले ट्याक्सी चालकहरूलाई वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ । बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो ।

यातायातमन्त्री वसन्त नेम्वाङको उपस्थितिमा भएको छलफलमा मन्त्रालयले व्यवसायीको भाडा समायोजन लगायत माग पूरा गर्ने आश्वासन दिएको हो । छलफलमा व्यवसायीले भाडाका यात्रु बोक्ने निजी सवारीलाई नियमन गर्न र भाडा वृद्धि गर्न माग राखेकोमा ती माग पूरा गर्न आफूहरू तयार भएको मन्त्री नेम्वाङले बताए ।

‘२०६९ देखि ट्याक्सी भाडा वृद्धि भएको छैन । त्यसैले उनीहरूले राखेको माग जायज हो, आवश्यक अध्ययन गरी भाडा समायोजनको काम गर्छौं,’ उनले भने । यद्यपि, गतवर्ष असोजमा मात्रै विभागले अन्य सवारीसाधनसँगै ट्याक्सीको भाडा १० प्रतिशतले वृद्धि गरेको थियो ।

मन्त्रालयका अनुसार भाडा समायोजन समितिले अध्ययन गरी प्रतिवेदन बुझाउनेछ र वैशाखभित्र भाडा समायोजन गरिनेछ आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले निकाल्ला लगातार दुई जित अफगानिस्तान विरुद्ध ?
नेपालले निकाल्ला लगातार दुई जित अफगानिस्तान विरुद्ध ?
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
प्रधानमन्त्री ओली ताप्लेजुङ आउने कार्यक्रम स्थगित
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
सार्वजनिक जग्गामा मनपरि गर्ने २० जनाविरुद्ध सार्वजनिक मुद्दा
अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
अनुष्काले शेयर गरेको बिकिनी फोटोमा विराट कोहलीको खास कमेन्ट !
ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित
ब्राजिलः राष्ट्रपतिमा उग्रदक्षिणपन्थी बोल्सोनारु निर्वाचित
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
नेपाल सरकारले २ करोड खर्च गरेको कार्यक्रममा आयोजकको लार्पवाहि
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला