भक्तपुरमा महेश बस्नेतको घरदैलो (फोटो फिचर)
सारांश
- भक्तपुर, मंसिर ११।
- भक्तपुर-२ का बामपन्थी गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता महेश बस्नेतको नेतृत्वमा जारी रहेको छ।
- आइतबार मात्रै मध्यपुरथिमि नगरपालिकाको शंखधर चोकदबाट सुरु भएको घरदैलो बालकुमारी, दुईपोखरी, चपाचो हुदै बाहाखा बजारमा घरदैलो कार्यक्रम आयोजना गरिएको थियो।
भक्तपुर, मंसिर ११। भक्तपुर-२ का बामपन्थी गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता महेश बस्नेतको नेतृत्वमा जारी रहेको छ।
आइतबार मात्रै मध्यपुरथिमि नगरपालिकाको शंखधर चोकदबाट सुरु भएको घरदैलो बालकुमारी, दुईपोखरी, चपाचो हुदै बाहाखा बजारमा घरदैलो कार्यक्रम आयोजना गरिएको थियो। र्यालीमा थिमि क्षेत्रका युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत सहभागीता रहेको थियो।
क्षेत्र नं. २ प्रतिनिधीसभा तर्फका उम्मेदवार महेश बस्नेत र प्रदेशसभाको क्षेत्र-२ (ख) का उम्मेदवार राजेन्द्रमान श्रेष्ठसंगै वामगठबन्धनका समानुपातिक उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गरेका थिए।
स्वागत गर्न आतुर मतदाताहरुले सडक र चोकमा हातहातमा अबिर, टीका, माला, खादा, फलफूल, मिठाई र दहीको कतारो लिएर स्वागतका उभिएका थिए।
अगाडि धिमे बाजा, बिचमा बासुरी बाजा बजाउँदै उत्साहित युवाहरुले नगर परिक्रमा गरेका थिए ।
त्यसैगरि आईतबार मध्यपुरथिमि कै तेर्साटार, सागबारी, कौशलटार लगायतका क्षेत्रमा भएको घरदैलो र र्याली समेत मतदाताले स्वागत गरेका छन्।















प्रतिक्रिया