रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
सारांश
- अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले कडा प्रतिक्रिया जनाएको छ ।
- जवाफका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई मुलुक छोड्न आदेश दिएका छन् ।
- अमेरकाले मस्को विरुद्द नयाँ प्रतिबन्ध लगाउने तयारी गरेसंगै रुसी राष्ट्रपति पुटिनले यस्तो कदम चालेका हुन् ।
अमेरिकाले प्रतिबन्ध लगाउने तयारी गरेपछि रुसले कडा प्रतिक्रिया जनाएको छ । जवाफका रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ जना अमेरिकी कुटनीतिज्ञ र कर्मचारीलाई मुलुक छोड्न आदेश दिएका छन् ।
अमेरकाले मस्को विरुद्द नयाँ प्रतिबन्ध लगाउने तयारी गरेसंगै रुसी राष्ट्रपति पुटिनले यस्तो कदम चालेका हुन् । पछिल्लो कदमसंगै रुसमा कुटनीतिक स्तरमा रहेर काम गर्ने कर्मचारीको संख्या अब ४ सय ५५ मात्र रहने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विश्वको आधुनिक इतिहासमा कुनै पनि देशले यति ठूलो संख्यामा कुटनीतिक कर्मचारी निष्कासन गरेको यो पहिलो घटना हो ।
निष्कासन हुने समूहमा अमेरिका मिसनका लागि काम गर्ने रुसी कर्मचारी पनि रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यता अमेरिकाले रुसको यो कदम आपत्तिजनक रहेको प्रतिक्रिया दिएको छ । अमेरिकी एक अधिकारीले यस घटनाको प्रभावका विषयमा आंकलन भइरहेको भन्दै पछि जवाफ दिने बताएका छन् ।
प्रतिक्रिया