नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
५१ पटक हेरिएको
Shares
नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने

सारांश

  • काठमाडाँै, १० चैत ।
  • एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
  • कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।

काठमाडाँै, १० चैत । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ । कतार एशिया कपको विजेता टोली पनि हो ।

यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्कोे चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै ओमानसँगको हारसँगै नेपालको एएफसी यू–२३ च्याम्पियनशिपमा छनोट हुने सम्भावनासमेत कमजोर हुँदै गएको छ । छनोट चरणमा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा कतारसँगै ओमन र अफगानिस्तान पनि छन् । यसअघि एक खेल खेलेको नेपाल पराजित भएर अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको कतार अङ्क तालिकाको शीर्ष स्थानमा छ । कतारको तीन अङ्क छ ।

त्यसैगरी समान तीन अङ्क नै जोडेको ओमन दोस्रो स्थानमा छ भने अफगानिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छ । छनोटको शीर्षटोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ । यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन् । नेपालले मङ्गलबार अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
माधव नेपाललाई तनावै तनाव, भन्छन ‘ओली र दाहालको मनपरी स्वीकार्य हुँदैन’
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
छोराको रड प्रहारबाट आमाको मृत्यु, बहिनी गम्भीर
संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप
संसदीय सुनुवाईः क्याभाना र फोर्डबीच आरोप प्रत्यारोप
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
दशैको मुखमा उदयपुरमा लागुअाैषधको चहलपहल,सीरीन्ज सहीत २ पक्राउ