काठमाडौँमा पुरुष बेश्याको बिगबिगी

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २, २०७५
|
|
४४ पटक हेरिएको
Shares
काठमाडौँमा पुरुष बेश्याको बिगबिगी

सारांश

  • कुनै समय काठमाडौँको ठमेल लगायत पोखरा, चितवन, इटहरी लगायतका देशका सहरी क्षेत्रमा हुने बेश्यावृतिको निकै ठूलो चर्चा परिचर्चा हुने गथ्र्यो ।
  • तर केही वर्षयता महिला बेश्यावृति मात्रै होइन, पुरुष बेश्यावृतिको पनि राम्रै चर्चा हुन थालेको छ ।
  • भनिन्छ काठमाडौँमा मात्रै अहिले हजारौँको संख्यामा पुरुष बेश्या सक्रिय छन् ।

कुनै समय काठमाडौँको ठमेल लगायत पोखरा, चितवन, इटहरी लगायतका देशका सहरी क्षेत्रमा हुने बेश्यावृतिको निकै ठूलो चर्चा परिचर्चा हुने गथ्र्यो । तर केही वर्षयता महिला बेश्यावृति मात्रै होइन, पुरुष बेश्यावृतिको पनि राम्रै चर्चा हुन थालेको छ । भनिन्छ काठमाडौँमा मात्रै अहिले हजारौँको संख्यामा पुरुष बेश्या सक्रिय छन् । यी पुरुष बेश्याका ग्राहक खासगरी धनाढ्य युवती र विदेशमा श्रीमान रहेका महिला रहेका छन् । हामीले राजधानीमा सक्रिय केही पुरुष बेश्या अर्थात जिगोलोलाई प्रतिनिधि पात्रको रुपमा प्रस्तुत गर्दैछौ ।

अर्पण राई (नाम परिवर्तन)
भोजपुरका अर्पण राई (नाम परिवर्तन) काठमाडौँ बस्न थालेको एक दशक भइसक्यो । गाउँबाटै एसएसली उतिर्ण गरे पछि उच्च शिक्षाका लागि उनी काठमाडौँ आएका थिए । काठमाडौमा एउटा निजी कलेजमा अध्ययन गर्न थालेका उनलाई घरबाट पठाइदिएको सिमित खर्चले पुगेन । नाइट क्लब जाने, बार जाने जस्ता साथीहरुको संगतका कारण उनलाई रात्रीकालीन जीवनको लत लाग्दै गयो । त्यसैले घरबाट पठाइदिएको सिमित खर्चले उनलाई धान्न मुस्किल हुन थाले आम्दानीको श्रोत खोज्न थाले । यसैक्रममा केही रेष्टुरेन्टमा वेटरको काम गर्न थालेका उनी केही पुरुष बेश्याको संगतमा पुगे । र, तीनै पुरुष बेश्याको सम्पर्कबाट उनले पनि श्रीमान बिदेशमा रहेका केही महिला फेला पारे । अहिले उनी ३ जना महिलाको सम्पर्कमा छन् । उनले ती महिलाले भनेको समयमा उनीहरुलाई सेवा दिनु पर्छ । यसरी सेवा दिए वापत् उनले प्रति महिला २० देखि ३० हजार रुपैयाँ खर्च पाइरहेका छन् । बिबिएस पढ्दापढ्दै पढाईलाइ विश्राम दिएका उनी अहिले अनामनगरमा राम्रै फ्ल्याट लिएर बसेका छन् । घरमा बाबुआमालाई क्यासिनोमा काम गर्छु भनेका छन् । बेलाबेलामा उनी घरमा खर्च पनि पठाइरहेका छन् । सुरुसुरुमा जिगोलोको काम नराम्रो लागे पनि अहिले उनी आफ्नो यो पेशा प्रति सन्तुष्ट नै रहेका छन् ।

 

वांग्चु शेर्पा(नाम परिवर्तन)
सोलुखुम्बुका वांग्चु जिल्लाकै एफएम रेडियोमा आरजे हुँदै करियरमा थप उचाई थप्न काठमाडौँ आए । बौद्धमा बस्न थालेका उनी एउटा रेडियो एफएममा समेत आवद्ध भए । एफएममा कार्यक्रम सञ्चालन गर्न थालेपछि उनी आफ्नो समुदायबीच निकै लोकप्रिय बने । उनीसँग संगत गर्न चाहनेको संख्या पनि दिन दुगुना रात चौगुनाको दरले बढ्यो । यसै बीच उनी केही यस्ता महिलाको संगतमा पुगे जसलाई उनले सेवा दिनु पर्ने अवस्था सिर्जना भयो । अहिले उनी पोर्चुगल र बेल्जियममा रहेकी दुई महिलाको निकट सम्बन्धमा छन् । उनीहरु नेपाल आएको समय शेर्पा श्वास फेर्न समेत नपाउने गरी व्यस्त हुन्छन् । पालैपालो मिलाएर ती दुई महिला नेपाल आएको समय उनी कहिले हायत त कहिले धुलिखेलमा उनीहरुको सेवामा रात बिताउँछन् । उनीहरुले पनि पोर्चुगल र बेल्जियमबाट उनलाई डलरका साथै मोबाइल, ट्याब्स, ल्यापटप लगायतका ग्याजेट पठाई रहन्छन् । बाहिरबाटै आफुलाई पुग्ने गरी खर्च आउने भएका कारण उनले एफएमको जागीरलाई टाइमपास गर्ने माध्यम मात्रै बनाएका छन् ।

जगत सिंह ठकुरी (नाम परिवर्तन)
अछाम, साफेबगरका जगन सिंह ठकुरी पनि राजधानीका व्यस्त जिगोलो अर्थात पुरुष बेश्या हुन् । पश्चिम नेपालबाट आएका धनाढ्य महिलाका उनी रोजाइका जिगोलो हुन् । सिनामंगलमा उनले एउटा रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन् । तर रेष्टुरेन्ट उनका लागि हात्तीको देखाउने दाँत जस्तै हो । रेष्टुरेन्टमा आउने पैसावाल महिलालाई उनले मुर्गा बनाउने गरेका छन् । हरेक शुक्रबार सांगीतिक प्रस्तुति समेत हुने उनको रेष्टुरेन्टमा आउने महिलासँग नजिकको सम्बन्ध गाँस्दै उनी तिनीहरुबाटै आर्थिक लगायतका फाइदा लिन थाल्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
बागलुङका स्थानीय तहका नीतिः कुकुरलाई ‘होस्टेल’, बाँदरलाई बगैँचा
वालिङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु
वालिङमा गाडीको ठक्करबाट एकजनाको मृत्यु
विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गर्ने !!!
विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण गर्न विशेष अभियान सुरु गर्ने !!!
न्युनतम तापक्रम बढ्यो, चिसो घटेन
न्युनतम तापक्रम बढ्यो, चिसो घटेन
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
१,२०० किलोमिटर यात्रा गरी युक्रेनबाट एक्लै अर्को देश पुगेका ११ वर्षे बालक
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
विश्वकप फुटबल : मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा
आर्थिक कुटनीतिलाई प्राथमिकता दिइने – उपप्रधानमन्त्री महरा
बायर्नलाई ९ अंकको अग्रता
बायर्नलाई ९ अंकको अग्रता
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु