राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण
सारांश
- आज वसन्तपञ्चमी ।
- यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छिन् ।
- हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गरेकी हुन् ।
आज वसन्तपञ्चमी । यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गरेकी छिन् । हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गरेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गरेका थिए । बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतका उच्च पदस्थ व्यक्तिहरू हनुमानढोका पुगेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया