बाटो समाउँदै संविधान

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बाटो समाउँदै संविधान

सारांश

  • काठमाडौं – आफ्नो प्रतिनिधिमूलक संस्थाबाट संविधान लेख्ने २००७ सालदेखिको जनताको चाहना पूरा भएको तीन वर्ष भएको छ ।
  • संविधानसभाबाट संविधान लेख्ने जनताको सात दशक लामो सपना २०७२ असोज ३ मा साकार भएको हो।
  • मधेसी, जनजातिसहित विभिन्न पक्षको असन्तुष्टिबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान, २०७२ घोषणा गरेका थिए ।

काठमाडौं – आफ्नो प्रतिनिधिमूलक संस्थाबाट संविधान लेख्ने २००७ सालदेखिको जनताको चाहना पूरा भएको तीन वर्ष भएको छ । संविधानसभाबाट संविधान लेख्ने जनताको सात दशक लामो सपना २०७२ असोज ३ मा साकार भएको हो।

मधेसी, जनजातिसहित विभिन्न पक्षको असन्तुष्टिबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधान, २०७२ घोषणा गरेका थिए । संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली, समावेशीता यो संविधानका मूल विषेता हुन्।

तर, संविधान घोषणा गर्ने तत्कालीन राष्ट्रपतिदेखि संविधानसभाका कतिपय सभासदलाई नै यो संविधान कार्यान्वयनमा आउनेमा आशंका र संशय थियो । संविधान घोषणाताका देशभित्रका असन्तुष्टिहरु सडकमा छताछुल्ल भइसकेका थिए भने मित्रराष्ट्र भारतले संविधान घोषणालगत्तै नाकाबन्दी लगाइदियो । त्यतिबेला प्रकट आन्तरिक र बाह्य असन्तुष्टिले संविधानको भविष्यप्रति प्रश्न उठ्नु अस्वाभाविक थिएन।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?