८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
८८ किलो सुन तस्करी प्रकरण : भरियालाई ४३ करोड जरिवाना, व्यापारी र नेताहरुलाई सफाई

सारांश

  • काठमाडौं, ८ मंसिर ।
  • काठमाडौं जिल्ला अदातलले २०७४ भदौमा भएको ८८ किलो सुन तस्करी मुद्दामा फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ।
  • संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिएको छ।

काठमाडौं, ८ मंसिर । काठमाडौं जिल्ला अदातलले २०७४ भदौमा भएको ८८ किलो सुन तस्करी मुद्दामा फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ। संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिएको छ। ८८ किलो सुन तस्करी प्रकरणमा फरार रहेका चिनियाँ दम्पती र एक भरियालाई मात्र दोषी ठहर गर्दै अन्य १० जनालाई सफाइ दिएको हो।

जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले फरार रहेका व्यक्तिलाई दोषी देखाउँदै अन्यलाई उन्मुक्ति दिएको हो।मंसिर ४ को इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित ३ वर्ष जेल सजाय फैसला गरेको हो। उनले बयानको क्रममा आफू केरुङबाट समान ल्याउने भरिया मात्र भएको बयान दिएका थिए। तर अदाललते उनलाई मुख्य अभियुक्तको रुपमा फैसला सुनाएको छ। युनाइटेड पाेस्ट साप्ताहिकका अनुसार पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जनिवानासहित ५ वर्ष कैद फैसला सुनाएको छ। तर, यी दुवै हाल चीन पुगिसकेका छन्।दोषी ठहर भएका अधिकारी २०७४ कात्तिक २४ गते देखि नै अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। केरुङ नाका हुँदै काठमाडौं ल्याइएको तस्करीको ८८ केजी सुन प्रहरीले २०७४ भदौ १९ क्षेत्रपाटीबाट बरामद गरेको थियो। उक्त सुन चिनियाँ नागरिकको संलग्नतामा काठमाडौंका सुन व्यापारीले लगानी गरेर भित्र्याएको दाबी अभियोगपत्रमा गरिएको थियो।

सरकारी वकिलको कार्यालयले सोही दाबीसहित तीन चिनियाँ नागरिक, एक नेता, पाँच व्यापारी, तीन भरिया र एक अन्यलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेको थियो। जिल्ला अदालतमा २०७४ कात्तिक १७ गते संगठीत अपराध गरी सुन तस्करी गरेको अभियोगमा मुद्दा दायर भएको थियो। मुद्दामा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अमृतबहादुर बस्नेतको इजालसले २०७१ कात्तिक २४ गते अधिकारीबाहेक अन्यलाई धरौटीमा छोड्ने आदेश गरेको थियो। तर, अर्का एक चिनियाँ नागरिक जाङ हालिङलाई संलग्नता नभेटिएको भन्दै जिल्लाले सफाइ दिएको छ।रसुवाकै स्थानीय साङ्बो लामा तामाङलाई पनि जिल्ला अदालतले सफाइ दिएको छ। नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा परेका मानबहादुर तामाङलाई पनि जिल्ला अदालतले सफाइ दिएको छ। ८८ किलो सुन तस्करीमा उनी चिनियाँ नागरिकसँग नियमित सम्पर्कमा रहेको भन्दै प्रहरीले २०७४ असोज ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो।

प्रनिनिधिसभा निर्वाचनका लागि उनी समानुपातिक सूचीमा परेका थिए। उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत थिए। तर, पछि उनी धरौटीमा छुटे। सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन व्यवसायी असोज ४ गते पक्राउ परेका थिए। उक्त अभियोगबाट उनीहरुले पनि सफाइ पाएका छन्। जिल्ला अदालतबाट सफाइ पाउनेमा काठमाडौंको रन्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्गले छन्। रविश्याम ट्रेडर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा मुछिएका थिए। २०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए। उनी त्यतिबेला ११ लाख रुपैयाँ बोकेर अवैध सुन किन्न पुगेका थिए।

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?