भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
सारांश
- च्यातिएको मतपत्र छुट्ट्याउन मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने सहितको टोली मतगणना स्थल कभर्ड पुगेका छन् ।
- मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरुबीच सहमति जुटेपछि अहिले सो टोली कभर्डहल भित्र छिरेको हो ।
- टोलीमा मुख्य निर्वाचन अधिकृत न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, एसएसपी दीपक थापा, राजनीतिक दलका प्रतिनिधि र उम्मेदवाहरु मतपत्र च्यातिएको ठाउँमा छन् ।
च्यातिएको मतपत्र छुट्ट्याउन मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपाने सहितको टोली मतगणना स्थल कभर्ड पुगेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलहरुबीच सहमति जुटेपछि अहिले सो टोली कभर्डहल भित्र छिरेको हो । टोलीमा मुख्य निर्वाचन अधिकृत न्यौपाने, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, एसएसपी दीपक थापा, राजनीतिक दलका प्रतिनिधि र उम्मेदवाहरु मतपत्र च्यातिएको ठाउँमा छन् ।
मतगणना गर्ने वा पुनः मतदानमा जाने भन्ने विषयमा भने अहिले नै टुंगो लागिसकेको छैन । नष्ट भएको मतपत्रको संख्या यकिन गरी त्यसको विवरण केन्द्रमा पठाउने कार्यका लागि अहिले पोको खोलिएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया