आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
३२ पटक हेरिएको
Shares
आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम ? कति पुग्यो तोलाको ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा सुनको मूल्यले आज इतिहासकै महंगो रेकर्ड कायम गरेको छ ।
  • बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २०० ले वृद्धि भएसँगै मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज इतिहासकै महंगो रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला १ हजार २०० ले वृद्धि भएसँगै मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला रू. एक लाख ६ हजार ३०० मा कारोबार भएकामा आज रू १ हजार २०० ले बढेर रू. एक लाख ७ हजार ५०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य आज १ लाख ७ हजार पुगेको छ ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा रू २५ ले बढेर प्रतितोला रू एक हजार ३९० पुगेको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?