भरुवा बन्दुक सहित ३ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
३० पटक हेरिएको
Shares
भरुवा बन्दुक सहित ३ जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौं र कास्कीबाट भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीस्थित काठमाडौं महानगरपालिका–३१ भिमसेन गोला घर भएका ४७ वर्षीय नविन विक्रम शाही र ३८ वर्षीय विजय विक्रम शाहीलाई १२ बोरको २ नाले भरुवा बन्दुक १ थान सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । काठमाडौं र कास्कीबाट भरुवा बन्दुक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीस्थित काठमाडौं महानगरपालिका–३१ भिमसेन गोला घर भएका ४७ वर्षीय नविन विक्रम शाही र ३८ वर्षीय विजय विक्रम शाहीलाई १२ बोरको २ नाले भरुवा बन्दुक १ थान सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

कास्की अन्नपृर्ण गाउँपालिका१० किलु बस्ने ५६ वर्षीया पुर्णकुमारी सार्कीलाई भरुवा बन्दुक १ थान सहित मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी घान्द्रुकबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?