प्रेमिका सङ्ग झगडा हुँदा तेजाब प्रहार गरी हत्या !!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २५, २०७३
|
|
५४९ पटक हेरिएको
Shares

सारांश

  • आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ ।
  • राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका ती युवक र युवती मदिरा सेवन गरी सुतेको र सुतेको केही समयपछि झगडा हुँदा युवकले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।
  • तेजाब प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो ।

आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ ।

राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका ती युवक र युवती मदिरा सेवन गरी सुतेको र सुतेको केही समयपछि झगडा हुँदा युवकले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।

तेजाब प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो ।

सापकोटाको शव भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । अभियुक्त कोइराला भने प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार योजनाबद्ध तरिकाले कोइरालाले सापकोटालाई तेजाब प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यस अघि पनि २०७१ फागुन १० गते एसएलसी परीक्षाको तयारीमा रहेकी दुई किशोरी संगीता र सीमामाथि ए प्लस ट्युसन सेन्टरमा शिक्षकलाई पर्खिरहेको अवस्थामा एसिड आक्रमण भएको थियो

र करिब एक महिना पछि आक्रमण गर्ने रामेछापको फुलासी गाविस ८ घर भएका जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउ परेका  थिए ।

 

 

 

 

समिप गौतम
शिखरन्युज सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
राष्ट्र बैंकका गभर्नर निलम्बित, डेपुटी गभर्नरलाई कार्यबाहकको जिम्मेवारी
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा राखिने
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए
रवि लामिछानेको कार्यक्रमले २०० भाग पूरा गर्दै
रवि लामिछानेको कार्यक्रमले २०० भाग पूरा गर्दै
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा जेसिवी र ट्याक्टर नियन्त्रणमा
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
गठबन्धनप्रति ओलीको नयाँ नयाँ आक्षेप
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
महिला लघुवित्तको आईपिओ भोली बाँडफाँट हुने
‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई
‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाल एयरलाइन्सलाई
लकडाउनको सम्भावना औल्याउँदै प्रधानमन्त्री ओलीले भनेः वाध्य भएर ठप्प पार्ने अवस्था आउँछ

तपाईंले छुटाउनुभयो कि?