भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार ११:३७ बजे

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०८१
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।
  • यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।

यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ। मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ। कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा
एमसीसी विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने ४ दलको घोषणा
दूतावासमा खटिएका असईले गरे आफैंलाई गोली हानेर आत्महत्या
दूतावासमा खटिएका असईले गरे आफैंलाई गोली हानेर आत्महत्या
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
प्रधानन्यायाधीश पराजुलीलाई सांसदहरुको प्रश्न: चारवटी बिहे कुन कानुनले गर्नुभयो ?
फस्टाउँदै चिया पर्यटन
फस्टाउँदै चिया पर्यटन
The Nine Most popular Chinese Language Internet dating Apps In 2020 Usually are What You possessed Expect
निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु
निकुञ्ज, संरक्षित क्षेत्र र आरक्षमा चरा गणना शुरु
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?