क्रान्तिकारीका संयोजक उपेन्द्र यादव सहित ११ जना सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २७, २०७५
|
|
३० पटक हेरिएको
Shares
क्रान्तिकारीका संयोजक उपेन्द्र यादव सहित ११ जना सार्वजनिक

सारांश

  • सप्तरी ।
  • जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का नेताहरु स्थानीय प्रशासनलाई हतियार बुझाएर बुधबार सार्वजनिक भएका छन् ।
  • राजनीतिक वार्ता समितिका पदाधिकारीको उपस्थितिमा राजविराजस्थित सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा हतियार बुझाउँदै उनीहरु सार्वजनिक भएका हुन् ।

सप्तरी ।जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का नेताहरु स्थानीय प्रशासनलाई हतियार बुझाएर बुधबार सार्वजनिक भएका छन् । राजनीतिक वार्ता समितिका पदाधिकारीको उपस्थितिमा राजविराजस्थित सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा हतियार बुझाउँदै उनीहरु सार्वजनिक भएका हुन् ।

वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे, सदस्य ताराकान्त चौधरी र सुरेश आले मगरको उपस्थितिमा उनीहरु सार्वजनिक भएका हुन् ।

सार्वजनिक हुनेमा अविनाश सहित नथुनी यादव, रामपुकार साह ‘ योगेन्द्र यादव, बद्री यादव, राहुल भनिने मो. नसीर, देवेन्द्र खड्गा, शंकर भनिने सञ्जय यादव,भगत सिंह भनिने भवानीप्रसाद अगरिया यादव,र फुलबाबु भनिने फुलकुमार यादव रहेका छन् ।

उनीहरुले कटुवा पेस्तोल १० थान, लामो नालको कटुवा पेस्तोल एक थान, रिभल्भर दुई थान, कटुवामा प्रयोग हुने नौ थान गोली, रिभल्भरमा लोड भएको एक थान गोली तथा डेटोनेटर एक थान हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?