भागबण्डा नमिल्दा अख्तियारको पदाधिकारी नियुक्तिमा अलमल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
भागबण्डा नमिल्दा अख्तियारको पदाधिकारी नियुक्तिमा अलमल

सारांश

  • काठमाडौं, ९ असोज ।
  • प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्तिमा दुई आयुक्त आफ्नो नबनाई नछाड्ने, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एकरएक आयुक्त कम्तिमा लिएरै छाड्ने ।
  • यसरी तीनैजनाको अडानले अख्तियारलगायत संवैधानिक अंगमा नियुक्तिमा अलमल भइरहेको छ ।

काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कम्तिमा दुई आयुक्त आफ्नो नबनाई नछाड्ने, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एकरएक आयुक्त कम्तिमा लिएरै छाड्ने । यसरी तीनैजनाको अडानले अख्तियारलगायत संवैधानिक अंगमा नियुक्तिमा अलमल भइरहेको छ । प्रधानमन्त्री ओली दशैं अगावै अख्तियारमा नियुक्ति गर्न चाहिरहेका छन् । तर, भागवण्डामा कुरा मिल्न सकेको छैन ।

ओलीले आफ्नो तजविजमा सबै नियुक्ति गर्न थालेपछि नेकपा सचिवालयले अंकुश लगाउन खोजेको छ । संवैधानिक अंगमा नियुक्ति गर्दा पार्टीले मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने विषय राखिएको छ । तर, ओलीले आफ्ना मान्छेहरु नियुक्तिका लागि तयारी अवस्थामा राखिसकेको बुझिएको छ । उनीहरुलाई कुनैपनि बेला बालुवाटारले बोलाउन सक्नेछ । ओली भरसक विगत देखि नै गुन लगाएकाहरुलाई अख्तियारमा ल्याउने पक्षमा छन् ।

अख्तियारमा प्रचण्ड र देउवाको पनि आफ्नै नामलिष्ट छ । रोचक पक्ष यो छ कि प्रचण्ड र देउवा दुवैको लिष्टमा पूर्व प्रहरी अधिकृत छन् । अख्तियारमा पूर्व अधिकृतलाई पठाउने तयारी नेताहरुले गर्नुमा पछिल्लो समय अख्तियारको कामकारबाहीमा प्रहरी नै प्रभावशाली हुनु मुख्य कारण रहेको छ । अहिले प्रचण्ड र देउवा निवासमा पूर्व प्रहरी अधिकृतहरु अख्तियारको आयुक्त बन्न दौडधुप गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित तीन आयुक्तको पद रिक्त छ । अख्तियारमा प्रमुख आयुक्त नभएपछि गणेशराज जोशीले कार्यवाहक प्रमुख आयुक्तका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् । रिक्त तीन आयुक्त पदमा नियुक्तिका लागि राजनीतिक सहमति निकाल्न प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय छन् । तर, बाँडफाँडमा कुरा मिल्न सकेको छैन ।

सत्तापक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दालहा प्रचण्डबीच पटक पटक संवैधानिक अंगको नियुक्तबारे कुराकानी भइसकेको छ । ओली र प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि संयुक्त रुपमा यसबारे छलफलमा बसिसकेका छन् ।

नेकपा सचिवालयमा आज पनि संवैधानिक अंगमा छिटो नियुक्तिको विषय उठेको छ । नियुक्तिमा नेकपाका नेताहरुले पनि चासो बढाएका छन् । अख्तियारसहित विभिन्न संवैधानिक अंगहरुमा ४० भन्दा बढी पद खाली छ । ती पदहरुमा बाँडफाँड गरी कुरा मिलाउन खोजेको धेरै भइसकेको छ । अहिले अख्तियारमा तीन आयुक्तको पद रिक्त भएपछि भने ओलीले पनि चासो बढाएका छन् ।

संवैधानिक अंगमा नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्नुपर्ने हुन्छ । जसमा प्रधानमन्त्री अध्यक्ष रहन्छन् । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख रहने प्रावधान छ । न्यायपरिषद्ले मात्र संवैधानिक अंगहरुमा नियुक्ति दिन सक्छ । तर, न्यायपरिषद्मा सहमति हुन नसके नियुक्ति जटिल छ ।-फाइल तस्वीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
प्रदेश सरकारका लागि खटाइने कर्मचारीको विवरण तयार, मन्त्रालयहरुमा ३५ देखि ९० जनासम्म कर्मचारी रहने
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
माटोका भाँडा बनाउने पेशा लोप हुँदै
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
कांग्रेस सभापति देउवा र महामन्त्री कोइराला चुनावको पक्षमा, हिन्दूराष्ट्र पूनःस्थापना गर्ने !
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
प्रधानमन्त्री ओली झापा जानेभएपछि धरानबाट कुकुर झिकाइयाे
प्रधानमन्त्री ओली झापा जानेभएपछि धरानबाट कुकुर झिकाइयाे
आइतबार काठमाडौं उपत्यकामा ४३५ जनामा संक्रमण पुष्टि
सवारी दुर्घटनामा मृत्यु
सवारी दुर्घटनामा मृत्यु