नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २५, २०७७
|
|
२१ पटक हेरिएको
Shares
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश

सारांश

  • काठमाडौं, २५ साउन ।
  • च्याम्पियन्स लिगको शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३–१ ले हराएको छ ।
  • पहिले लेग १–१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा जित हात पारेको बार्सिलोना समग्रमा ४(२ को नतिजामा अन्तिम ८ मा पुग्यो।

काठमाडौं, २५ साउन । च्याम्पियन्स लिगको शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा बार्सिलोनाले इटालियन क्लब नेपोलीलाई ३–१ ले हराएको छ । पहिले लेग १–१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा जित हात पारेको बार्सिलोना समग्रमा ४(२ को नतिजामा अन्तिम ८ मा पुग्यो। बार्सिलोनाका लागि शनिबार लेङ्गलेटले १० मिनेटमा पहिलो गोल गरे।

लिओनल मेसीले २३ मिनेटमा अग्रता दोब्बर पारे। पहिलो हाफको इन्जुरी टाइममा दुवै टिमले १–१ गोल गरे। दुवै गोल पेनाल्टीबाट भए। बार्सिलोनाका लागि लुइस सुआरेजले गोल गर्दा नेपोलीका इनसाइनले गोल फर्काए। दोस्रो हाफमा भने कुनै गोल भएन। एजेन्सी

(https://vallartainfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?