१५ दिने शिसुसहित दर्जनौं स्थानीयवासी नियन्त्ररणमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
१५ दिने शिसुसहित दर्जनौं स्थानीयवासी नियन्त्ररणमा

सारांश

  • काठमाडौं, २२ मंसिर ।
  • गए रातीदेखि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ साबिकको सिबपुरको लठुवा र मोतिपुरमा निकुञ्ज कार्यालयले काठ तस्कर गरेको अभियोगमा स्थानीयवासीको घर खान तलासी लिएको छ।
  • नेपाली सेना र ग्यामिस्कोटको हात-हतियारसहित दलबल गाउँ पसेको निकुन्जले बिद्यार्थी,महिला,बुढा र सुत्केरी महिला समेतलाई अनावश्यक रुपमा तर्साउने, केरकार गर्ने, थर्काउने,गाली गर्ने गरेको स्थानीयले बताएका छन् ।

काठमाडौं, २२ मंसिर । गए रातीदेखि बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ साबिकको सिबपुरको लठुवा र मोतिपुरमा निकुञ्ज कार्यालयले काठ तस्कर गरेको अभियोगमा स्थानीयवासीको घर खान तलासी लिएको छ।

नेपाली सेना र ग्यामिस्कोटको हात-हतियारसहित दलबल गाउँ पसेको निकुन्जले बिद्यार्थी,महिला,बुढा र सुत्केरी महिला समेतलाई अनावश्यक रुपमा तर्साउने, केरकार गर्ने, थर्काउने,गाली गर्ने गरेको स्थानीयले बताएका छन् । मान्छे नभएका घरमा समेत ताला समेत तोडेर खानतलासी गरिएको छ ।

८० भन्दा बढी घरधुरी रहेको गाउँबाट ११ जना भन्दा बढी बिद्यार्थी र ६९ बर्ससम्मका वृद्धलाई बिगत १० बर्ष पहिले घरमा राखेको काठ जफतगरि निकुञ्जको कार्यालय लगेको वडा नम्बर ६ का अध्यक्ष भवानी भुसालले जानकारी दिएका छन् । अहिले पनि हतियार सहित सेनाले गाउँमा गस्ती गरिरहेकाले स्थानिय बासी आफ्नो घर भित्र छिर्ने समेत आट गरेका छैनन। यस्तै अबस्था रहे जनता र निकुन्जबीचको बिबाद बढने खतरा रहेको स्थानिय बासी बताउछन।

निकुन्जको दादागिरी,र जनतालाई दुख दिने प्रबृत्ति प्रती स्थानिय जनता आक्रोसित देखिन्छन। निकुन्ज छेउमा रहेका बस्तिमा घास,दाउरा र काठ हुनु कुनै अपराध होइन,जङ्गल को संरक्षण पनि गरेका छन। अध्यक्ष भुसालले भने,‘ घाँस दाउरा पनि प्रयोग गरेका छन, जङ्गलको हात्ती आएर मान्छे मार्दा, घर भत्काउदा, नाली बाली खादा चाहिँ मौन बस्ने निकुन्ज हामिले घाँस दाउरा उपभोग गर्दा बाघ,हात्तीमारे जसरी बस्तिमा हात-हतियार सहित सेना पठाएर जनतालाइ दुख दिनु कहाँसम्मको न्याय हो ?’

अध्यक्ष भुसालले तत्काल निकुन्जले ज्यादती नरोके जनाता चुप लागेर नबस्ने चेतावनी दिएका छन। बालबालिका, सुत्केरि,र गर्वती र १५ दिनको बच्चा लाई समेत निकुञ्जको चिसो घरमा हिजोदेखि राखेको।

महिला हिंसा विरुद्दको अभियान चलिरहेको बेला १५ दिनको एक शिशु र सुत्केरीले समेत निकुञ्जको बन्दिगृह भित्र सिमेन्टको चिसोमा रात विताउन बाध्य बनाएको पीडीतहरुले जानारी दिएका छन् ।मौलिक हक र प्राकृतिक स्रोत उपभोगको अधिकारमाथिको ठाडो उलङ्घन भएको भन्दै निकुञ्जले आफूहरुमाथि अन्याय गरेको बताए । निकुञ्ज र जनताबीच सम्बन्ध थप बलियो बनाउनुको साटो निकुञ्जले आफूहरुमाथि ज्यादती गरेको स्थानीयको आरोप छ । तस्विरः रेशम थापाको सहयोगमा 

(Ambien/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
व्यापार यद्धले कसैलाई राम्रो गर्दैन, फ्रान्सेली अर्थमन्त्री ब्रुनो
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात प्रभावित हुने
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा
इंग्ल्यान्ड हंगेरीसँग पराजित
इंग्ल्यान्ड हंगेरीसँग पराजित
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म
सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
सरकार फेर्नेहरुको चिलाएको हात दुईचार दिनपछि ठिक हुन्छ : महेश बस्नेत
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलर मर्केलको चेतावनी
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
Dilip Joshi finally reacts on two minors run away from their home to meet him!
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित
नेकपाका १४७ सदस्सीय पोलिटव्युरो तयार, हेर्नुस् नामसूचि सहित

तपाईंले छुटाउनुभयो कि?