भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भाजपा नेताको आपत्तिजनक ट्वीटप्रति युवासंघका नेता झाको कडा जवाफ

सारांश

  • काठमाडौं, २९ बैशाख ।
  • भारतीय जनता पार्टीको तर्फबाट दरभङ्गा (बिहार)का सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले गरेको आपत्तिजनक ट्वीट यतिबेला चर्चामा छ ।
  • यतिसम्म कि सोही आपत्तिजनक ट्वीटको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै मुखमा भत्र्सना गरिसकेका छन् ।

काठमाडौं, २९ बैशाख । भारतीय जनता पार्टीको तर्फबाट दरभङ्गा (बिहार)का सांसद एवं पूर्व क्रिकेटर कीर्ति आजादले गरेको आपत्तिजनक ट्वीट यतिबेला चर्चामा छ । यतिसम्म कि सोही आपत्तिजनक ट्वीटको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै मुखमा भत्र्सना गरिसकेका छन् ।

भाजपा नेता आजादको उक्त ट्वीटमा व्यक्त विचारलाई युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य सञ्जीवकुमार झाले आजादलाई मेन्सन गरी मुखतोड जवाफ फर्काएका थिए । झाको ट्वीटलाई धेरैले मन पराएपछि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा सम्बोधन गरिरहँदा उनकै पार्टीका सांसद कीर्ति आजादले नेपालको सार्वभौमसत्तामा आँच पुग्नेगरी ट्विट गरेका थिए । उनले मिथिलालाई भारतले फिर्ता लिएर भारतको नयाँ राज्य बनाउन मोदीलाई अनुरोध गरेका थिए । आफ्नो ट्वीटलाई प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नितिश कुमारलाई समेत मेन्सन गरेका थिए ।

चारैतिर उनको आलोचना भइरहँदा युवासंघ नेपालका केन्द्रीय सचिवालय सदस्य सञ्जीव झाले चेतावनीसहितको जवाफ फर्काएका थिए । कीर्ति आजादलाई मेन्सन गर्दै झाले भनेका थिए, “हामी पनि ग्रेटर नेपालको नक्सा लिएर बसेको छौं । नेपालको भूभाग फिर्ता भयो भने तपाईंको नागरिकता पनि नेपाली भइहाल्छ ।”

https://twitter.com/Sanjeev520705/status/994900617897230337

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    शितल साउद

    nepali man nepali maya wow yaadb g salam xa hjr lai

    Comment Author

    Dipson Babushav

    Salam

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?