त्रिशुलीमा बेपत्ता ३ मध्ये २ को शव भेटियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ११, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो ।
  • सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्ूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो ।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्ूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो ।

प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका थिए भने एक जना घाइते भएका थिए । बेपत्ता भएकी बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी कार्य भइरहेको छ । सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालीम शिक्षालयले बेपत्ता रोक्काको खोजी गरिरहेको हो । घाइते ३८ वर्षीय मुकुन्दबहादुर रोक्काको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
महन्थ ठाकुरलाई उपप्रधानमन्त्री सहित सरकारमा आउन प्रम ओलीको प्रस्ताव
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
यसैले एकस्वरमा भनौं ‘आलुवाद जिन्दावाद !
यसैले एकस्वरमा भनौं ‘आलुवाद जिन्दावाद !
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
सुनको सिक्री निलेका सुरजकुमारले तीन दिनपछि दिसाबाट निकाले
पर्दा पछाडि र अगाडि  ‘पशुपतिप्रसाद चलचित्रका ‘मित बा’ उर्फ प्रकाश घिमिरे ?
पर्दा पछाडि र अगाडि ‘पशुपतिप्रसाद चलचित्रका ‘मित बा’ उर्फ प्रकाश घिमिरे ?
काठमाडाैं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा
काठमाडाैं उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
साउदी तेल खानी आक्रमणमा ‘इरानको हात’ तर ‘युद्ध नहोस्’ भन्ने ट्रम्पको चाहना
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी

तपाईंले छुटाउनुभयो कि?